जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • एनबीबी र सिद्धार्थ बैंकको नाफामा ठूलो फड्को, सेयरधनीलाई दुवैले अर्ब हाराहारी वितरण गर्नसक्ने

एनबीबी र सिद्धार्थ बैंकको नाफामा ठूलो फड्को, सेयरधनीलाई दुवैले अर्ब हाराहारी वितरण गर्नसक्ने

काठमाडौं । चालु आर्थिक वर्षमा नेपाल बंगलदेश बैंक (एनबीबी) र सिद्धार्थ बैंक दुवैले उत्साहजनक नाफा आर्जन गरेका छन् ।

तेस्रो त्रैमाससम्ममा कमाएको खुद नाफा गत आर्थिक वर्षको तुलनामा चालु आवको यही अवधिमा एनबीबीले ६३ करोड ३० लाख रुपैयाँ (६३%) ले बढाएको छ । यस्तै, सिद्धार्थ बैंकले पनि साढे ७२ करोड रुपैयाँ (५४.१०%) ले नाफामा वृद्धि गरेको बैंकको अपरिस्कृत वित्तीय प्रतिवेदनले देखाएको छ।

समिक्षा अवधिमा एनबीबीको नाफा एक अर्ब ५० लाखबाट एक अर्ब ६४ करोड रुपैयाँनजिक पुगेको हो । तेस्रो त्रैमासको मात्र नाफा पनि यसले अघिल्लो आवको यही अवधिको ७३ करोड ७४  लाखबाट झन्डै ७२ करोड (९७.४२%) ले बढाएर एक अर्ब ४६ करोड हाराहारी पुर्‍याएको छ ।

एनएमबीको पछिल्लो त्रैमाससम्मको कुल नाफामध्ये करिब ९८ करोड ३२ लाख वितरणयोग्य रहेको जनाइएको छ ।

सिद्धार्थले पनि यही अवधिमा एक अर्ब ३४ करोडबाट खुद नाफा रकम २ अर्ब ७ करोड हाराहारी पुर्‍याएको छ । अझ सिद्धार्थले चालु आवको तेस्रो त्रैमासमा अघिल्लो वर्षको यही अवधिको भन्दा ८३ करोड ३० लाख (२६६%) ले बढी रहेको छ । अन्य दुई त्रैमासमा घटेको नाफालाई पनि यस त्रैमासकोले भर्पाइ गर्दा समग्र नौ महिनाको नाफा भने यो त्रैमासको मात्र भन्दा कम देखिएको हो ।

समिक्षा अवधिको नाफाबाट सिद्धार्थले सेयरधनीलाई करिब ८३ करोड १५ लाख रुपैयाँ वितरण गर्न सक्ने जनाएको छ ।

दुवै बैंकले नाफामा उल्लेख्य सुधार गर्न सक्नुका कारणहरुमध्ये एक खराब कर्जा (एनपीएल) उठ्तीमा राम्रो सुधार हुनु हो । सिद्धार्थले गत वर्षको चैत मसान्तमा २.२४% रहेको निष्क्रिय (खराब) कर्जा चालु वर्षको समान अवधिमा आइपुग्दा ०.८८% मा झारेको छ । एनबीबीले पनि समिक्षा अवधिमा एनपीएल २.७६% बाट १.९१% मा ल्याइपुर्‍याएको छ ।

चालु वर्षको नौ महिनामा करिब साढे सात अर्ब रुपैयाँले बढाउँदै कुल निक्षेप ७३ अर्ब २९ करोडमाथि पुर्‍याएको एनएमबीले ब्याज खर्च भने गत वर्षको चैतमसान्तसम्मको भन्दा यो वर्षको समान अवधिमा ३२ करोडले घटाएको छ । अर्कोतर्फ, समिक्षा ग्राहकमा गरेको कर्जा लगानी ७ अर्ब १७ करोड हाराहारीले विस्तार गरेपनि ब्याज आम्दानीमा ४८ करोडको गिरावट आएको छ ।

नाफामा उल्लेख्य वृद्धि गरेको एनबीबीले पछिल्लो एक वर्षमा धितोपत्रमा ५ अर्ब ७८ करोड रुपैयाँ लगानी बढाएको छ । गत आवको चैत मसान्तमा ७ अर्ब हाराहारी रहेको इन्भेष्टमेन्ट सेक्युरिटिज चालु आवको समान अवधिमा आइपुग्दा १२ अर्ब ७८ करोडभन्दा बढी पुगेको छ ।

सिद्धार्थ बैंकले पनि धितोपत्रमा पछिल्लो नौ महिनायता साढे ४ अर्ब थप लगानी गर्दै कुल २७ अर्ब बढी पुर्‍याएको छ । यसले व्यक्तिगत ग्राहकतर्फ चालु वर्षको नौ महिनामा थप ३२ अर्ब ७० करोड रुपैयाँ निक्षेप उठाएर करिब साढे २९ अर्ब थप कर्जा लगानी विस्तार गरेको छ । यसका बाबजुद यसको ब्याज आम्दानी र ब्याज खर्च दुवै अघिल्लो आवको चैत मसान्तसम्मको भन्दा चालु आवको यही अवधिमा क्रमशः ५९ करोड र ३४ करोड रुपैयाँले घटेको छ ।

 

5785
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका