जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • तीन दिनपछि खुलेको बजारमा फराकिलो पहिरो, २८ सयबाट सोझै २६ सयमा आयो

तीन दिनपछि खुलेको बजारमा फराकिलो पहिरो, २८ सयबाट सोझै २६ सयमा आयो

सेयर बजार फराकिलो अन्तरले घट्दै २६ सय अंकमा झरेको छ। बीचमा केही समय रिकभर भएर २७४१ अंकसम्म पुगेको थियो। सुरुमा ११३ अंकसम्म घटेर रिकभर भएको बजार त्यसलाई पनि उछिनेर अन्तत: ११३ अंक घटेर २६९८ अंकमा बन्द भएको छ। 

कारोबार रकम अघिल्लो साताको अन्तिम दिनहरुको तुलनामा बढेको छ। ‘प्यानिक सेल’ का कारण ८ अर्ब ४९ करोड रुपैयाँसम्म कारोबार पुगेको छ। २८१२ अंकबाट झरेको बजार एकै पटक २६९८ मा बन्द भएको छ। फराकिलो घटाइका कारण बजारले २७०० अंकको ‘क्लोजिङ इन्डेक्स’ नै देख्न पाएन।

प्रतिनिधिसभाबाट बजेट पारित भएपनि राष्ट्रिय सभा हुँदै प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयसम्म पुग्न अझै समय लाग्ने भएकाले प्रणालीमा तरलता अभाव कायमै रहने छ। सरकार अझै बेखर्ची हुने र यसबाट निजी क्षेत्रको भुक्तानीसमेत प्रभावित हुने अवस्था छ।

बैंकहरुले असोज १ गतेबाट लागू हुने गरी ब्याज दर बढाएका छन्। दैनिक तरलता ब्यवस्थापन गर्नसमेत बैंकहरुलाई समस्या हुन थालेको छ। उनीहरु महँगोम राष्ट्र बैंकबाट पैसा उठाइरहेका छन्। 

‘समग्रमा बजारमा तरलता अभाव भएरै सूचक ओरालो लागेको हो’ एक ब्रोकरले भने, ‘बजेट पारित भएपनि त्यसले तत्काल राहत दिने अवस्था छैन।’

तीन दिनको बिदापछि खुलेको सेयर बजारमा लगानीकर्ता चरम निराशामा परेका छन्। राष्ट्र बैंकको सेयर धितो ऋणमा गरेको कडाइ बजार घट्नुको पहिलो कारण बनेको थियो। तर यसले बजारलाई धेरै तल झार्ने अवस्था थिएन। तर चर्किएको तरलता अभावले बजारलाई तल ल्याउन मद्दत गरेको हो। 

बजार घट्न थालेपछि बढेका  बेला प्रवेश गरेका लगानीकर्ता ‘प्यानिक सेल’ मा परेर बाहिरिएका छन्। 

बजारमा मुलत: तरलता अभाव र दसैंले प्रभावित पारेको लगानीकर्ताहरु बताउँछन्। असोज १ गतेबाट निक्षेपको ब्याज बढेको छ। नयाँ ऋणीको ब्याज पनि बढेको छ। कात्तिक १ गतेबाट पुराना ऋणीहरुको पनि ब्याज बढ्ने छ। 

सरकारले खर्च गर्न नसकेका कारण तरलता अभाव अझ चर्किने अनुमान गरिएको छ। यसबाहेक दसैंका लागि अहिलेबाटै पैसा जोहो गर्न थालिएको छ। एकातिर आफ्नो ब्यक्तिगत खर्चका लागि पैसा जोहो गर्नु पर्ने अवस्था छ। अर्कोतिर त्रैमासिक तथा मासिक ब्याज र सरकारी राजस्व बुझाउनका लागि पनि सेयर बेचेर पैसा जोहो गर्न थालिएको छ। 

सूचक अझै घट्छ र घटेको बेलामा निक्कै कम भाउ आउँछ भन्ने मनोबिज्ञान लगानीकर्तामा छ। त्यही भएर अहिले नै सेयर बेच्नेहरु बढ्न थालेका छन्। यद्यपी दसैं सुरु हुने अझे १६ दिन बाँकी छ।

बजार घट्दासमेत मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा बढेर सर्किट लागेको छ। यसबाहेक डिप्रोक्स लघुवित्त र लक्ष्मी लघुवित्तको सेयर मूल्य बढेको छ। 

बजारका सबै उपसूचकहरु घटेका छन्। बाणिज्य बैंक, बीमा कम्पनी फराकिलो अन्तरले घटेका छन्। अन्य सूचकका साथै विकास बैंक, फाइनान्स कम्पनी, होटल, लगानी, उत्पादन तथा प्रशोधन समूह पनि घटेको छ।

११ वटा कम्पनीको सेयर मूल् घटेर सर्किट लागेको छ। गुडविल फाइनान्स, पोखरा फाइनान्स, आइसीएफसी फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, घलेम्दी हाइड्रो, हिमालयन उर्जा विकास, युनाइटेड इदी मार्दी, सिंगटी हाइड्रो, एक्सल डेभलपमेन्ट बैंक, हिमाल

4815
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका