जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय

सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय

संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

रास्वपा केन्द्रीय समिति र संसदीय दलको शुक्रबार बसेको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा जाने निर्णय गरेको हो ।

पुस १० मा सरकारमा सहभागी हुँदा रास्वपाले भनेबमोजिम विगतका जुनसुकै कालखण्डका भ्रष्टाचारको फाइल खोल्ने नीति तथा कार्यक्रम रहेकोमा पछिल्लो पटक सो बुँदालगायत सुशासनका बुँदा हटाएकोलगायतका विषय उठाउँदै रास्वपाले समर्थन फिर्ता लिएको हो ।

सरकारमा सहभागी नभए पनि रास्वपाले विश्वासको मत दिएर सरकारलाई समर्थन गरेको थियो । त्यस्तै राष्ट्रपति निर्वाचनमा पनि उसले सत्ता गठबन्धनलाई समर्थन गरेको थियो ।

बैठकको निर्णयबारे सभापति रवि लामिछानेले पत्रकार सम्मेलन गर्न तयारी गरेका छन् ।

3075
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?