जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश पारित

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश पारित

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश प्रस्ताव वार्षिक साधारण सभाले पारित गरेको छ। गत वर्षको मुनाफाबाट लगानीकर्तालाई चुक्ता पुँजीको १०.२६ बोनस सेयर र ०.५४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव कम्पनीको आइतबार सम्पन्न वार्षिक साधारण सभाले पारित गरेको हो।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ९० कारोड ४५ लाख रुपैयाँ छ। कम्पनीले १९ करोड ५४ लाख ३२ हजार रुपैयाँ बराबरको बोनस सेयर र १ करोड २ लाख ८५ हजार ८९४ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

साधारण सभाबाट अजाद श्रेष्ठ, प्रणवकुमार दास, बलराम खनाल, पानुदत्त पौडेल र शम्भु अधिकारी संचालकमा चुनिएका छन्। श्रेष्ठ दास र खनाल संस्थापक सेयरधनी तथा पौडेल र अधिकारी सर्वसाधारण सेयरधनीका तर्फबाट संचालकमा निर्विरोध चयन भएका हुन्।

युनाइटेड अजोडले चालु वर्ष पुससम्म १ अर्ब ३० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। कम्पनीले यो अवधिमा १३ करोड १८ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

युनाइटेड र अजोड इन्स्योरेन्स मर्जरपछि युनाइटेड अजोडले गत जेठबाट एकीकृत कारोबार थालेको थियो।

540
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका