जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • अनर्गल हल्लापछि गभर्नरले भने : राष्ट्र बैंकले हेरेका बैंक तथा वित्तीय संस्था डुब्दैन

अनर्गल हल्लापछि गभर्नरले भने : राष्ट्र बैंकले हेरेका बैंक तथा वित्तीय संस्था डुब्दैन

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सीडी रेसियोकै कारण २७ अर्ब निक्षेप झिकिँदा पनि एनआईसी एशिया बैंकलाई कुनै समस्या नपरेको बताएका छन्। नेपाल बैंकर्स संघले आयोजना गरेको कार्यक्रममा उनले सो धारणा राखेका हुन्।

‘बीचमा आएको नियामकीय प्रावधानलाई प्रहार गर्ने काम भएको थियो। सीडी रेसियोको प्रावधानको पनि विरोध भएकै हो,’यहाँ रोशनजी हुनुहुन्छ। उहाँलाई त्यो नियम आजको दिनमा काम लाग्यो। आज सम्म २७ अर्ब निक्षेप झिकिँदा पनि उहाँलाई सीडी रेसियोको कारणले सहयोग पुर्‍यायो, उनले भने। रोशन एनआईसी एसियाका सीईओ हुन्।

त्यस कार्यक्रममा गभर्नर अधिकारीले राष्ट्र बैंकले हेरिरहेको बैंक तथा वित्तीय संस्था नडुब्ने समेत बताए। उनले संस्था डुब्दा खुसी हुने प्रवृत्ति देखिएको भन्दै अरूलाई खाने बाघले आफुलाई पनि खान्छ भनेर बुझ्न जरुरी रहेको बताए।

उनले हाल वित्तीय क्षेत्रलाई सबल बनाउन धेरै सुधारको काम भइरहेको दाबी गरे। बैंक डुबानउन केही समूह लागेको भन्दै त्यसको झिल्को असर सबै ठाउँमा पर्ने बताएका हुन्।

‘यहाँ बैंक डुबाउन खोजिँदैछ। एउटा झिल्कोले सबैतिर असर गर्छ भन्ने बुझ्न जरूरी छ,’ अधिकारीले भने, ‘राष्ट्र बैंकले हरेको संस्था डुब्दैन।’

सो कार्यक्रममा उनले सूचक सबल भए पनि ‘फिलिङ’ फरक खालको भएको बताए। विदेशी मुद्राको सञ्चिति बढेको कुराले धेरै कुरा सबल भए पनि आन्तरिक अर्थतन्त्रमा चहल पहल हुन नसकेको गुनासो आउने गरेको उनले सुनाए।

‘यो किन भयो भन्दा ऋणको ओभर लिभरेजल हो,’ उनले भने, ‘अहिले ऋणको माग कम छ। किनभन्दा उद्योग चलेको छैन। नचलेपछि उसले ऋण लिएन।’

त्यसक्रममा उनले सहकारीले अर्थतन्त्रलाई समस्यामा पारेको समेत बताए। सहरकै सटरमा बैंकको एक्सेस नपुगेको बताउँदै उनले व्यापारीहरु सहकारीतिर लागेको उनको दाबी थियो। सहकारीतिरको समस्या समाधान नै नहुने खालको नभएको उनले बताए।

‘सहकारीको समस्या समाधानपछि अर्थतन्त्रको समस्या कम भएर जान्छ,’ उनले भने। उनले हाल सरकारीसँगै निजी निर्माण घटेर आर्थिक गतिविधि कम भएको बताए। ‘फिलिङ र यथार्थमा फरक पर्नुको कारण नै यही हो। निर्माण सहकारीले गर्दा हो,’ उनले भने।

उनले चालु आर्थिक वर्ष खराब ऋण बढेको वर्ष भएको भन्दै यो वर्ष यथार्थ विवरण आएको वर्ष पनि भएको बताए।

गभर्नर अधिकारीले चालु पुँजी कर्जाको मार्गदर्शनपछि ऋणको ‘एभरग्रिनिङ’ रोकिएको बताउँदै पछिल्लो समय ‘रिपेमेन्ट’को समस्याले पनि खराब ऋण बढेको बताएका छन्। अहिले खराब ऋणबाट आत्तिनपर्ने अवस्था नरहेको भन्दै उनले अहिलेको ‘स्ट्रेस सोसाइटियल’ रहेको बताए।

‘बैंकिङ क्षेत्रलाई समाजले बुझेन। मिटर ब्याजी भनेको छ, सामन्ती भनेको छ। म त तथ्यांक हेर्छु त्यस्तो देख्दिन,’ उनले प्रश्न गर्दै भने, ‘अहिले फि घटेको छ, ब्याज घटेको छ। कसरी नाफा खोर भए?’

660
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका