जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • सहकारीको अनुसन्धान गर्दा बैंकर पनि परे: गभर्नर

सहकारीको अनुसन्धान गर्दा बैंकर पनि परे: गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सहकारीको अनुसन्धान गर्दा बैंकरसमेत परेको बताएका छन् ।

आइतबार अर्थ समितिमा भएको छलफलमा गभर्नर अधिकारीले सीआईबीले बैंकको नभइ एउटा (देउराली बहुउद्देश्यीय) सहकारीको अनुसन्धान गर्दा त्यसको लहरो बैंकसम्म परेको बताए ।

बैंकर पक्राउ परेको विषयमा राष्ट्र बैंकले प्रहरीसँग पनि समन्वय गरेको उनले जानकारी गराए । ‘बैंकिङ कसुरजन्यकार्य गरेको खण्डमा प्रहरीले अनुसन्धान गर्छ,’ उनले भने, ‘प्रहरीले एउटा सहकारीको अनुसन्धान गरेको थियो । त्यसको अनुसन्धान गर्दा सहकारीको लहरोले बैंकका कर्मचारीसम्म पुगेको छ ।’

प्रहरीले एकै पटक बैंकर समातेको जस्तो देखिए पनि यो विषयमा प्रहरीले लामो समयदेखि अनुसन्धान गरेको र अनुसन्धानको अन्तिम चरणमा पुगेकाले बैंकर पक्राउ परेको अधिकारीको भनाइ छ ।

505
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका