जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बैंकहरुद्धारा ट्रेजरी बिल्समा ६४ अर्बको आवेदन

बैंकहरुद्धारा ट्रेजरी बिल्समा ६४ अर्बको आवेदन

बैंकिङ प्रणालीमा अधित तरलताको समस्या झनै बढ्दै गएको छ । आइतबार एक खर्ब २३ अर्ब रुपैयाँ स्थायी निक्षेप राखेका बैंक तथा वित्तीय संस्थाले सोमबार नै ६४ अर्बको ट्रेजरी खरिद आवेदन दिएका छन् ।

बैंक तथा वित्तीय संस्थाले आइतबार ३ प्रतिशत ब्याजदरमा एक खर्ब २३ अर्ब रुपैयाँ केन्द्रीय बैंकमा निक्षेप राखेका छन् । त्यसको भोलीपल्टै अर्थात सोमबार केन्द्रीय बैंकले निष्कासन गरेको १३ अर्ब ४ करोड रुपैयाँ बराबरको ट्रेजरीका लागि बैंक तथा वित्तीय संस्थाले ६४ अर्ब रुपैयाँ धेरैको माग आवेदन दिएका हुन् । बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप पाउने दर भन्दा पनि घटेर ट्रेजरीको डिस्काउन्ट रेट माग गरेको केन्द्रीय बैंकले जनाएको छ ।

सोमबार केन्द्रीय बैंकले ६ अर्ब ४ करोड रुपैयाँ बराबरको ९१ दिने र ७ अर्ब बराबरको १८२ दिने ट्रेजरी बिल्स निष्कासन गरेको थियो । सो मध्ये ९१ दिने ट्रेजरीका लागि बैंक तथा वित्तीय संस्थाले ३२ अर्ब ६ करोड रुपौयँ बराबरको माग आवेदन दिएका छन् । उक्त आवेदनमा बैंक तथा वित्तीय संस्थाले अधिकत २.८२९९ र न्यूनतम २.७४१९ प्रतिशत डिस्काउन्ट रेट माग गरेका छ । सोमबार ९१ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट २.७८८९ प्रतिशत कायम भएको छ। यो डिस्काउन्ट रेट फागुन १५ गतेको तुलनामा थोरै हो । फागुन १५ गते ९१ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट २.८९४० प्रतिशत थियो ।

त्यसैगरी सोमबार नविकरण भएको १८२ दिने ट्रेजीका लागि बैंक तथा वित्तीय संस्थालले ३२ अर्ब २२ करोड रुपैयाँ बराबरको माग आवेदन दिएका छन् । सो ट्रेजरीका लागि बैंक तथा वित्तीय संस्थाहरुले अधितम ३.२३९८ र न्यूनतम ३.०९०० प्रतिशत माग गरेका छन । सोमबारको १८२ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ३.१७६७ प्रतिशत कायम भएको छ । यो डिस्काउन्ट रेट फागुन एक गतेको तुलनामा थोरै हो । फागुन १ गते १८२ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ३.२९३८ प्रतिशत थियो ।

400
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका