जोडिनुहोस
शनिबार, बैशाख २२, २०८१
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • २० वाणिज्य बैंकहरुको १८ अर्ब ब्याज उठ्न बाँकी : राष्ट्र बैंक बेखबर

२० वाणिज्य बैंकहरुको १८ अर्ब ब्याज उठ्न बाँकी : राष्ट्र बैंक बेखबर

२० वाणिज्य बैंकहरुको १८ अर्ब ब्याज उठ्न बाँकी रहेको छ भन्दा अब फरक पर्दैन । केही समययता अर्थतन्त्रमा देखिएको समस्याले बैंकहरुलाई नराम्रोसँग असर गरेको छ ।०८० चैत मसान्तसम्म वाणिज्य बैंकहरुको १८ अर्ब ८ करोड ७६ लाख ५ हजार रुपैयाँ ब्याज उठाउन बाँकी रहेको छ । बैंकहरुले चालु आवको ९ महिनाको अवधिमा उक्त रकम उठाउन सकेका छैनन् ।अर्थतन्त्रमा देखिएको समस्याका कारण बैंकको ऋण असुली हुन नसकेको हो । समयमा नै कर्जा उठाउन नसक्दा बैंकहरुको खराब कर्जा बढ्दै गएको छ । उठाउन बाँकी ब्याज पनि उठाउन सकेका छैनन् । यसले बैंकहरुको कर्जा असुली थप चुनौतिपूर्ण बन्दै गएको देखाउँछ ।चालु आर्थिक वर्षको ९ महिनामा सञ्चालनमा रहेका वाणिज्य बैंकहरुको नाफा १३.४७ प्रतिशतले घटेको छ । बैंकहरुको खराब कर्जा बढ्दै गएको छ भने अधिकांश बैंकको वितरणयोग्य नाफा ऋणात्मक नै बन्दै गएको छ । बैंकहरुले कोरोना महामारीको समयमा अन्धाधुन्ध गरेको लगानी अहिले उठाउन नसक्दा बैंकहरुलाई ब्याज उठाउन समस्या परिरहेको छ । उठाउन बाँकी रहेको ब्याज आम्दानीमा बैंकहरुले कर तिरिसकेका हुन्छन् ।

समयमा नै कर्जा उठाउन नसक्दा बैंकहरुको खराब कर्जा बढ्दै गएको छ । उठाउन बाँकी ब्याज पनि उठाउन सकेका छैनन् । यसले बैंकहरुको कर्जा असुली थप चुनौतिपूर्ण बन्दै गएको देखाउँछ ।चालु आर्थिक वर्षको ९ महिनामा सञ्चालनमा रहेका वाणिज्य बैंकहरुको नाफा १३.४७ प्रतिशतले घटेको छ ।

चैत मसान्तसम्म बैंकहरुको १८ अर्ब ८ करोड ७६ लाख ५ हजार रुपैयाँ ब्याज उठाउन बाँकी रहेको छ । यो भनेको गत आवको चैत मसान्तको तुलनामा ११.१ प्रतिशतले बढी हो । गत आवको चैत मसान्तमा १६ अर्ब २७ करोड ११ लाख ८६ हजार रुपैयाँ उठाउन बाँकी रहेको थियो । २० वटा बैंकमध्ये २ वटा बैंकले उठाउनु पर्नेभन्दा बढी ब्याज उठाएका छन् । प्रभु बैंक र स्टयान्डर्ड चार्टर्ड बैंक ब्याज उठाउन निकै आक्रामक बनेको देखिएको छ । भन्दा फरक पर्दैन । स्टयान्डर्ड चार्टर्ड बैंकले उठाउनु पर्नेभन्दा २३ करोड ८३ लाख ७ हजार रुपैयाँ बढी ब्याज उठाएको छ । यस्तै प्रभु बैंकले ९४ करोड ७० लाख १३ हजार रुपैयाँ बढी उठाएको छ । सबैभन्दा बढी उठाउन बाँकी ब्याज नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको रहेको छ । बैंकको उठाउँन बाँकी ब्याज ४८६.८८ प्रतिशतले बढेको देखिन्छ । गत चैत मसान्तमा उक्त बैंकको उठाउन बाँकी रहेको ब्याज ४१ करोड ७९ लाख ५२ हजार रुपैयाँ रहेको थियो । अहिले यो रकम ४८६.८८ प्रतिशतले बढेर २ अर्ब ४५ करोड ३८ लाख ७८ हजार रुपैयाँ रहेको देखिन्छ ।

२० वटा बैंकमध्ये २ वटा बैंकले उठाउनु पर्नेभन्दा बढी ब्याज उठाएका छन् । प्रभु बैंक र स्टयान्डर्ड चार्टर्ड बैंक ब्याज उठाउन निकै आक्रामक बनेको देखिएको छ । भन्दा फरक पर्दैन । स्टयान्डर्ड चार्टर्ड बैंकले उठाउनु पर्नेभन्दा २३ करोड ८३ लाख ७ हजार रुपैयाँ बढी ब्याज उठाएको छ । यस्तै प्रभु बैंकले ९४ करोड ७० लाख १३ हजार रुपैयाँ बढी उठाएको छ । सबैभन्दा बढी उठाउन बाँकी ब्याज नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको रहेको छ ।

उठाउन बाँकी ब्याज २ अर्ब भन्दा बढी हुनेमा हिमालयन बैंक पनि रहेको छ । बैंकले उठाउन बाँकी २ अर्ब १६ करोड ४७ लाख ९८ हजार रुपैयाँ रहेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ६४.४६ प्रतिशतले बढेको छ । यस्तो रकम गत आवको सोही अवधिमा १ अर्ब ३१ करोड ६२ लाख ५६ हजार रुपैयाँ रहेको थियो । ब्याज उठाउन धेरै बाँकी हुने बैंकमा ग्लोबल आइएमई पनि रहेको छ । बैंकको उठाउन बाँकी ब्याज १.११ प्रतिशतले बढेर १ अर्ब ८४ करोड ४० लाख १४ हजार रुपैयाँ पुगेको देखिन्छ । यस्तै राष्ट्रिय वाणिज्य बैंकको उठाउन बाँकी ब्याज १ अर्ब २४ करोड ४२ लाख ९७ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ४ करोड ३४ लाख ४९ हजार रुपैयाँ उठाउन बाँकी रहेको भेटिएको छ । एनएमबि बैंकको उठाउन बाँकी रकम ६.०७ प्रतिशतले बढेर १ अर्ब १ करोड ४३ लाख ४९ हजार रुपैयाँ, लक्ष्मी सनराइज बैंकको २०२.६२ प्रतिशतले बढेर १ अर्ब ६१ करोड ८७ लाख ४० हजार, कुमारी बैंकको २६.३४ प्रतिशतले बढेर १ अर्ब ५२ करोड६ लाख ३४ हजार रुपैयाँ रहेको देखिन्छ ।

ब्याज उठाउन धेरै बाँकी हुने बैंकमा ग्लोबल आइएमई पनि रहेको छ । बैंकको उठाउन बाँकी ब्याज १.११ प्रतिशतले बढेर १ अर्ब ८४ करोड ४० लाख १४ हजार रुपैयाँ पुगेको देखिन्छ । यस्तै राष्ट्रिय वाणिज्य बैंकको उठाउन बाँकी ब्याज १ अर्ब २४ करोड ४२ लाख ९७ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ४ करोड ३४ लाख ४९ हजार रुपैयाँ उठाउन बाँकी रहेको भेटिएको छ ।

नबिल, प्राइम, नेपाल बैंक, एनआईसी एशिया बैंक, एभरेष्ट बैंक, कृषि विकास बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, नेपाल एसबिआई बैंक, माछापुच्छ्रे बैंक र सिटिजन्स बैंकले उठाउन बाँकी ब्याजमा अग्रसरता देखाएका छन् । भन्दा फरक पर्दैन ।
पुस मसान्तमा बैंकहरुको १६ अर्ब ७ करोड रुपैयाँ ब्याज उठाउन बाँकी रहेको थियो । अहिले तीन महिनापछि करिब २ अर्ब हाराहारी बढेर १८ अर्ब ८ करोड ७६ लाख ५ हजार रुपैयाँ पुग्नुलाई बैंकहरु कर्जा उठाउन सकृय भएको रुपमा हेर्ने देखिन्छ । सचेत भया ।

380
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका