जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • महालक्ष्मी विकास बैंकको महिला उद्यमी लक्षित सशक्तीकरण अभियान सुरु

महालक्ष्मी विकास बैंकको महिला उद्यमी लक्षित सशक्तीकरण अभियान सुरु

 महालक्ष्मी विकास बैंकले महिला उद्यमीलाई सार्वजानिक यातायातको क्षेत्रमा विद्युतीय सवारीको माध्यमबाट महिला सशक्तीकरण गर्ने उद्देश्यका साथ एक अभियान शुभारम्भ गरेको छ ।

हरित परिवहनको माध्यमबाट महिला सशक्तीकरण भन्ने मूल उद्देश्यका साथ धुलिखेल नगरपालिकाका महिला उद्यमीहरूलाई विद्युतीय सवारीको साँचो हस्तान्तरण गरिएको थियो ।

पर्यावरणीय मैत्री यातायातको बढ्दो माग र आवश्यकतालाई सम्बोधन गर्न अन्य स्थानीय तहहरूमा समेत बैंकले हरित कर्जा अन्तर्गत यस्तो अभियान थप विस्तार गर्दै जाने बैंकले जनाएको छ ।

‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्षदेखि अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभरि १०३ शाखा कार्यालय र करिब ७ लाख ग्राहक रहेका छन् ।

3040
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका