जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • सिटिजन्स बैंक १८ औं वर्षमा प्रवेश, स्मार्ट बचत खातामा आकर्षक सुविधा थपदेखि थप ६ ‘प्रिभिलेज काउन्टर’को सुरुवात

सिटिजन्स बैंक १८ औं वर्षमा प्रवेश, स्मार्ट बचत खातामा आकर्षक सुविधा थपदेखि थप ६ ‘प्रिभिलेज काउन्टर’को सुरुवात

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड १७ वर्ष पूरा गरी १८औं वर्षमा प्रवेश गरेको छ । विस २०६४ साल वैशाख ७ गते २० औं वाणिज्य बैंकको रुपमा स्थापना भई अनवरत रुपमा सेवा दिदै आएको सिटिजन्स बैंक आज वैशाख ७ गते देखि १८ औं वर्षमा प्रवेश गरेको हो ।  

१७ वर्षको यात्राको क्रममा बैंकले करिव १७ लाख २४ हजार ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको छ । सातवटै प्रदेशमा फैलिएको १९० वटा शाखाहरु मार्फत चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको कुल निक्षेप करिब रु १ खर्ब ८४ अर्ब रहेकोमा कर्जा तर्फ रु १ खर्ब ५६ अर्ब रहेको छ । यसै अवधिमा बैंकले करिव रु १ अर्ब २१ करोड  खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

बैंकले १७ औं वार्षिकोत्सवको अवसरमा आज वैशाख ७ गते बिहानै सातवटै प्रदेशमा करिब १ हजार ५३ कर्मचारीहरुको सहभागितामा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । जसबाट जनमानसमा वित्तीय ज्ञानको समेत अभिमुखिकरण हुने अपेक्षा बैंकले लिएको छ । साथै, संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रमअन्तर्गत बैंकले ‘रक्तदान नै जिवनदान’भन्ने नारालाई सार्थक बनाउदै नेपाल रेडक्रस सोसाईटीसँगको सहकार्यमा सातवटै प्रदेशका कुल २५ शाखाहरुबाट करिब ६८४ जना रक्तदाताको सहभागीतामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 

यसै अवसरमा बैंकका मधेश प्रदेश अन्तर्गत वीरगन्ज शाखा र लुम्बिनी प्रदेशअन्तर्गत बुटवल शाखाले निःशुल्क स्वास्थ्यशिविर समेत सञ्चालन गरेका छन । शिविरमा करीब ३०० जना सेवाग्राहीहरुले निःशुल्क स्वास्थ्य परीक्षण गराउनुका साथसाथैे आवश्यक औषधीहरु समेत निःशुल्क प्राप्त गरेका छन ।

साथै सिटिजन्स बैंकले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा‘सिटिजन्स स्मार्ट बचत खाता’लाई १७ थरि आकर्षक सुविधाहरु थप गरेर ग्राहकहरुमाझ ल्याएको छ । अब ग्राहकहरुले यो योजनाअन्तर्गत खाता खोल्दा आकर्षक थप १७ सुविधाहरु निश्चित समयको लागि प्राप्त गर्न सक्नेछन् । सिटिजन्स बैंकले बचतसम्बन्धी विषयलाई ध्यानमा राख्दै वित्तीय साक्षरतासम्बन्धी एक भिडियो सामग्री समेत आफ्नो सार्वजनिक गरेको छ । 

ग्राहकहरुको सुविधालार्ई मध्यनजर गर्दै यसै दिनदेखि बैंकले आफ्नो थप ६ वटाशाखाहरु बाट ‘प्रिभिलेज काउन्टर’को समेत सुरुवात गरको छ । काठमाण्डौ उपत्यकाभित्र कुमारीपाटी, बौद्ध, कोटेश्वर र न्यूरोड शाखामा र उपत्यकाबाहिर बुटवल र हस्पिटललाइन शाखामा वैशाख ७ गतेबाट प्रिभिलेज काउन्टर सुचारु भएको बैंकले जनाएको छ ।  

साथै, वार्षिकोत्सवको उपलक्ष्यमा सिटिजन्स बैंकको मूख्य प्रायोजनमा १० औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिता यही बैशाख ०९ देखी १५ गतेसम्म दशरथ रंगशालामा हुन गइरहेको छ ।

सिटिजन्स बैंकले देशैभरी रहेका आफ्ना १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने जनाएको छ ।  

600
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका