जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • ३२ करोड नक्कली ऋण बनाएर संचालकले चलाएपछि सुपर लघुवित्त समस्याग्रस्त

३२ करोड नक्कली ऋण बनाएर संचालकले चलाएपछि सुपर लघुवित्त समस्याग्रस्त

नेपाल राष्ट्र बैंकले दाङ तुलसीपुरको सुपर लघुवित्त वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ। गैरसरकारी संस्थाबाट लघुवित्त बनेको संस्थाका सञ्चालक र व्यवस्थापन मिलेर ऋणको चरम दुरुपयोग गरेको पाइएपछि राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको हो।

कम्पनीको प्राथमिक पुँजीकोष नै १०.३१ प्रतिशत ऋणात्मक भएको छ। राष्ट्र बैंकले स्थलगत अनुगमनका क्रममा संस्थाभित्रको बेथिति पत्ता लगाएको थियो। पछि विशेष अनुगमनमा जाँदा समस्या अझ फराकिलो देखिएको थियो।

राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गर्नुअघि ऋण दुरुपयोगमा मुछिएकाहरुलाई आर्थिक कारवाही गरेको थियो भने केहीलाई बैंकिङ कसुर ऐन अनुसार कारवाही अगाडि बढाउन प्रहरीलाई लेखेर पठाएको थियो। प्रहरीले केहीलाई पक्राउ गरेपनि उनी छुटिसकेका छन्।

राष्ट्र बैंकले ‘तिमीहरुको संचालक समिति भङ गरेर कारवाही किन नगर्ने’ भनेर पनि स्पष्टीकरण सोधेको थियो।

संचालक र ब्यवस्थापन मिलेर नक्कली कर्जा सृजना गरेका थिए। उनीहरुले ३२ करोड रुपैयाँ दुरुपयोग गरेको पाइएको छ।

कम्पनीको संचालकमा किरण चौधरी, प्रदेश चौधरी, नरेन्द्रबहादुर चन्द, तारा चौधरी, रामप्रसाद चौधरी छन्। किरण अध्यक्ष हुन्। कामु प्रमुख कार्यकारी अधिकृतमा बुद्धिराम चौधरी छन्।

3470
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?