जोडिनुहोस
सोमवार, जेष्ठ ७, २०८१
सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • सूर्यज्योति लाइफद्वारा सुबिधायुक्त डायनामिक क्यूआर पेमेन्ट सेवा संचालन

सूर्यज्योति लाइफद्वारा सुबिधायुक्त डायनामिक क्यूआर पेमेन्ट सेवा संचालन

सूर्यज्योति लाइफ इन्स्योरेन्सले आफ्ना प्रबिधिमैत्री सेवाहरुलाई अझ सुदृढ गर्दै सेवाग्राहीहरुका लागि सुविधायुक्त भुक्तानीको माध्यमको रुपमा डायनामिक क्यूआर पेमेन्ट सिस्टम संचालनमा ल्याएको छ।

डायनामिक क्यूआर पेमेन्ट सिस्टमको उपयोगले बीमितहरुले जुनसुकै समयमा जुनसुकै स्थानबाट आफ्नो बीमालेख सुरक्षित तथा सहज तवरले भुक्तानी गर्न सक्नेछन उक्त भुक्तानीको नोटिफिकेशन र अन्य विवरण मोबाईल एप मार्फत हेर्न मिल्ने व्यवस्था रहेको छ।

डायनामिक क्यूआर पेमेन्ट सिस्टममा विभिन्न बैंकको नियमानुसार अधिकतम ३ लाख रुपैयाँ सम्मको भुक्तानी गर्न मिल्ने सुबिधा रहेको र फोन पेको माध्यम प्रयोग गर्ने कुनै पनि बैंक, सहकारी वा कनेक्ट आईपीएस लगायत अन्य डिजिटल माध्यमबाट भुक्तानी गर्न सकिनेछ ।

डायनामिक क्यूआर पेमेन्ट सिस्टमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले भने, ‘अरु क्षेत्रमा डायनामिक क्युआर पहिलेदेखि नै प्रचलनमा भए पनि जीवन बीमाक्षेत्रमा भने यो नयाँ अभ्यास हो । हरेक ग्राहकका लागि फरकफरक क्यूआर बन्ने र भुक्तानी गर्नासाथ आफैँ सिस्टममा अपडेट हुने यसको विशेषता हो । यस डायनामिक क्यूआर पेमेन्ट सिस्टमको मद्दतले सेवाग्राहीहरुले घरमै बसी आफ्नो मोबाईल अथवा सूर्यज्योति लाइफको वेबसाईट मार्फत् आफ्नो विवरण भरि डायनामिक क्यूआर प्राप्त गर्ने र सो डायनामिक क्यूआर स्क्यान गरि छिटो छरितो रुपले बीमाशुल्क भुक्तानी गर्न सक्नुका साथै भुक्तानीको विवरण सेवाग्राहीहरुले तुरुन्तै एसएमएस मार्फत प्राप्त गर्न सक्नुहुनेछ।’

डायनामिक क्यूआर पेमेन्ट सुविधा लिन हाम्रा बिमितहरुले देश भरि रहेका १७८ शाखा कार्यालयहरु वा आफैले घरमै बसेर सूर्यज्योति लाइफको वेवसाइटमा गई सर्भर अप्सनमा आफ्नो बीमालेख र पोलिसी नम्बर राखी सजिलै लिन सक्नुहुनेछ ।

190
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका