जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • लक्ष्मी सनराइज बैंकले गर्यो काठमाण्डौको कपनमा सेवा विस्तार

लक्ष्मी सनराइज बैंकले गर्यो काठमाण्डौको कपनमा सेवा विस्तार

लक्ष्मी सनराइज बैंकले काठमाण्डौको कपनमाआफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ। बुढानिलकण्ठ नगरपालिका–१०, कपनमा रहेका २ शाखामध्ये रुद्रमती चोकको शाखा सोही नगरपालिकाको वडा न. १२ स्थित फैकामा स्थानान्तरण गरिएको हो।

स्थानान्तरण गरिएको साविकको रुद्रमती चोकको शाखाका ग्राहकहरुले कपनकै पञ्चकन्या चोकमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ ।

स्थानान्तरण भएसँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ। स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायहरुलाई सबै प्रकारका रिटेल बैंकिङ सेवाहरु प्रदान गर्नेछ।

साथै, आफ्ना ग्राहकहरूलाई थप व्यवस्थित र सहज सेवा प्रदान गर्न बैंकले बर्दिबासमा रहेका आफ्ना २ वटा शाखा गाभी साविक सनराइज बैंकको शाखा रहेको स्थान –औरहीचोक(हालको स्थानभन्दा २०० मिटर पश्चिमतर्फ), बर्दिबास नगरपालिका–१, महोत्तरीबाट संयुक्त कारोबार सुरु गरेको छ।

हाल लक्ष्मी साराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५५ शाखा, ३१९ एटीएम, २८ एक्स्टेन्सन काउन्टर र १२९ शाखारहित बैंकिङ एजेन्ट रहेका छन्।

2910
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्