निर्जीवन बीमा
नागरिकको घरदैलोमा पुग्दै एनएलजी इन्स्योरेन्स, बाँकेमा कृषि तथा पशुपंक्षी बीमा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले कृषि तथा पशुपंक्षी बीमा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ । आम नागरिकहरुलाई बीमा सेवा प्रवाह गर्ने उद्देश्यले कम्पनीले शनीबार बांके जिल्लाको खजुरा गाउँपालिकामा उक्त कार्यक्रम भव्य रुपले सम्पन्न गरेको हो ।
कम्पनीका बिजनेश कोअर्डिनेटर सुनील श्रेष्ठले कृषकलाई बीमाको दायरामा ल्याउन जिल्लाका विभिन्न पालिकाहरुमा कृषि तथा पशुपंक्षी बीमा सम्बन्धी कार्यक्रम संचालन गरि रहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथी खजुरा गाउँपालिकाका कार्यसमिती सदस्य कृष्ण कुमारी पौडेलले कृषि तथा पशुपन्छी बीमा कृषकलाई अति आवश्यक रहेकोले सबैलाई बीमा गर्न अनुरोध गर्दै कृषकलाइ बीमाको दायरामा ल्याउन आउदा दिनहरुमा पालिकाकातर्फबाट समेत हरसम्भव प्रयास गर्ने बताइन् । यस्तो खालको कार्यक्रम बेला बेला हुनुपर्ने जनाइन् । कार्यक्रमको आयोजना गरेकोमा एनएलजी इन्स्योरेन्स कम्पनी परिवारलाई बिशेष धन्यवाद समेत दिइन् ।
त्यस्तै कार्यक्रममा विशिस्टअतिथी जनता दुग्ध उत्पादक सहकारी संस्था खजुराका व्यवस्थापक गौरब सापकोटा, अतिथीहरु पशु सेवा तालिमकेन्द्र नेपालगंजका सुचना अधिकृत भोजराज रावल , कृषि प्राबिधिकहरु गोपीचन्द्र बोहरा, डिल्ली बहादुर खड्का, नविना थापा, अमृता पाण्डेय,खबरगंज डटकम का कृषि पत्रकार खगेन्द्र दाहाल लगायतले आफ्नो मन्तब्य राखेका थिए ।
कार्यक्रमका सभाध्यक्ष एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालगंज शाखाका प्रमुख बिवेक भण्डारीले छलफल कार्यक्रममा उपस्थित भएका विभिन्न तह र तप्काका व्यक्तित्वहरुलाई हार्दिक धन्यवाद दिनुका साथै छलफलमा उठेका जिज्ञाशाहरुको जवाफ दिएका थिए ।
उनले बांके जिल्लामा कृषकलाई बीमाको दायरामा ल्याउन विभिन्न अभ्यास गरिदै आएको र यसलाइ थप निरंतरता दिने बताए । कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रम आयोजना गर्नुको उद्धेश्य, कृषि तथा पसुपन्छी बीमाका प्रावधान र महत्वका बारेमा जानकारी गराउनुको साथै कृषी तथा पशुपंक्षी बीमाको बारे प्रष्ट पारेका थिए ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने खजुरा गांउपालिका परिवार तथा उपस्थिति जनाउने सबैलाई शाखा प्रमुख बिवेक भण्डारीले धन्यवाद समेत दिए ।
कार्यक्रममा खजुरा गाउँपालिकाका विभिन्न टोल तथा वडाबाट प्रतिनिधित्व गरेर आएका ५५ जना व्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन नेम्ला बांकेका अध्यक्ष कर्ण प्रिय रानाले संचालन गरेका थिए भने कार्यक्रममा एनएलजी इन्स्योरेन्स कम्पनी नेपालगंज शाखाका कर्मचारीहरु रजिश भण्डारी र चित्र बि।क।को समेत उपस्थिती रहेको थियो ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार
















































