जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • विद्युतीय रडले किशोरहरूलाई क्रूर तरिकाले डामेर रमाउँथेआरती एण्ड कम्पनीका  आशिष देउला

विद्युतीय रडले किशोरहरूलाई क्रूर तरिकाले डामेर रमाउँथेआरती एण्ड कम्पनीका  आशिष देउला

बुढानीलकण्ठमा घर घडेरी भएका धनी बाबुका छोरा हुन् आशिष देउला । ३३ वर्षका देउला अहिले दुई जना किशोरलाई बन्धक बनाएर विद्युतीय रडले डामेर यातना दिएको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् । बा७च ६४६१ नम्बरको पजेरोमा राखेर उनको समूहले भदौ ७ मा विशाल देउलालाई टेकुस्थित दोभान पुलबाट लगनटोलस्थित सलबालमा लगे । त्यहाँ पानी तताउने विद्युतीय रड तताएर आशिषले विशालको शरीरमा पोलिदिए । करिब ३ घण्टासम्म बन्धक बनाएर आशिषसहितका ४ जना मिलेर डामेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आशिषलाई विशालले ठमेलस्थित क्लब सिनेटमा चिनेका हुन् । विशालका अनुसार डामेपछि आशिषले ‘खुब मजा आयो’ भनेका थिए ।

लगनस्थित सलबालमा आफ्नै मामाको घरमा लगेर आशिषले विशाललाई यातना दिएका हुन् । तर, त्यस्तो क्रुर यातना दिँदा पनि आशिषका आफन्त केही बोलेनन् । बुढानीलकण्ठस्थित घरमा लगेर आशिषले निमा नाम गरेका अर्का किशोरलाई यातना दिएको अनुसन्धानबाट थाहा भएको छ । निमा र विशालले प्रहरीमा निवेदन दिएका छन् । धनी बाबुका छोरा आशिष रात्रि क्लबको नियमित ग्राहक हुन् । सिनेट, ओम्निया र एलओडीमा उनी निरन्तर जान्छन् । पीडित विशाल देउला भन्छन्, ‘मैले उहाँलाई सिनेटमा भेटेको हुँ ।’ क्लबमा भेट्ने युवायुवतीलाई ‘हाउस पार्टी’ गर्ने भनेर आशिषको समूहले बुढानीलकण्ठ र लगनमा लगेर यातना दिने गरेको थाहा भएको छ । देउलाको समूहमा २७ वर्षीय राजेन्द्र घले, उदयपुरका २२ वर्षीय ओजस्वी तामाङ र चितवन घर भएका २२ वर्षका साजन गुरुङ आबद्ध छन् । चारै जना अहिले थुनामा छन् ।

किशोरहरूलाई उनले किन यातना दिए भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए । उनले भने, ‘यातना दिनुपर्ने कारण खोज्दै छौँ ।’

‘सुगर ड्याडी–५० मी’

आशिषले १२ कक्षा पास गरेका छन् । क्लबमा जाँदा उनी ३० देखि ४० हजार रुपैयाँ उडाउँछन् । अनुसन्धान अधिकृतहरूसँग उनले भनेका छन्, ‘हप्तामा ३ दिन क्लब जान्छु ।’ क्लबमा जाँदा उनी समय–समयमा नकाब लगाएर जान्थे । बुढ्यौली झल्किने नकाब लगाएर क्लबमा जाने र किशोर किशोरीलाई आकर्षित गर्ने गरेको अनुसन्धानमा संलग्न अधिकृत बताउँछन् ।

उनको ‘सुगर ड्याडी–५० मी’ नामको टिकटक आइडी छ । सो आइडीमा नकाब लगाएर उनले पैसा फालेको भिडियो देखिन्छ । पैसा उडाएको बारेमा अनुसन्धान अधिकृहरूसँग उनले भनेका छन्, ‘बैंकबाट ऋण लिएको पैसा उडाएर भिडियो बनाएको हुँ, त्यो मेरो सोख हो ।’ आशिषको परिवारमा दुई जना जुम्ल्याहा बच्चा र पत्नी छन् । उनले आरती एण्ड कम्पनी नामबाट प्रिफ्याव सम्बन्धी काम गर्ने कम्पनी सञ्चालन गरेको बताएका छन् । क्लबमा भेट भएका दुई जना किशोरले आफ्नो पैसा देखेर फसाउन खोजेको उनले अनुसन्धान अधिकृतहरूसँग बताएका छन् । आशिषले प्रहरीसँग भनेका छन्, ‘दुई जना किशोरले मलाई केटी प्रयोग गरेर फसाउँछु भनेर फोन गरेपछि त्यसरी डामेको हुँ ।’

2715
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका