जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३

हालको खबर

  • होमपेज
  • प्रभु बैंकका ग्राहक तथा कर्मचारीले ब्लु क्रस हस्पिटलमा विशेष छुट पाउने

प्रभु बैंकका ग्राहक तथा कर्मचारीले ब्लु क्रस हस्पिटलमा विशेष छुट पाउने

प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले काठमाण्डौ,त्रिपुरेश्वरस्थित ब्लु क्रस हस्पिटल मा विशेष छुट पाउने भएका छन् । प्रभु बैंक र उक्त अस्पतालबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
एक समारोहका बीच ब्लु क्रस हस्पिटलका तर्फबाट रजत श्रेष्ठ र प्रभु बैंकका तर्फबाट बाग्मती प्रदेश क्षेत्र नं १ का प्रमुख दिपेन्द्र बाबु बिष्टले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु,कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले ब्लु क्रस हस्पिटलमाउपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवा, ओपिडि टिकट, रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापीलगायतका सेवाहरुमा ५ देखी १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड,प्रिभलेज कार्ड तथा क्यूआर बाट समेत भुक्तmानी गर्न सक्नेछन् ।

प्रभु बैंकका नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर छन् ।

2065
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?