जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • राष्ट्र बैंकबाट एनआईसी एसिया बैंकको २९% बोनस सेयर स्वीकृत,

राष्ट्र बैंकबाट एनआईसी एसिया बैंकको २९% बोनस सेयर स्वीकृत,

एनआईसी एसिया बैंकले आफ्नो २६ औँ वार्षिक साधारणसभा डाकेको छ।

नेपाल राष्ट्र बैंकले २९ प्रतिशत बोनस सेयरसहितको लाभांश वितरण गर्न स्वीकृति प्रदान गरेसँगै एनआईसी एसिया बैंकले वार्षिक साधारणसभा आह्वान गरेको हो। बैंक सञ्चालक समितिको आज बसेको बैठकले वार्षिक साधारणसभा यही असोज २८ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको भद्रकालीको आर्मी अफिसर्स क्लब बिहान ९ बजेबाट सुरु हुनेछ। यो दिन घटस्थापना परेको छ।

सभाले गत आर्थिक वर्ष २०७९–८०का लागि प्रस्तावित चुक्तापुँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३६६ रुपैयाँको कुल ३०.५२६३ प्रतिशतले हुन आउने ३ अर्ब ५३ करोड ६४ हजार ७९६ रुपैयाँबराबरको लाभांश अनुमोदन गर्नेछ। प्रस्तावित लाभांशमा २९ प्रतिशतले हुन आउने ३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५५६ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.५२६३ प्रतिशतले हुन आउने १७ करोड ६५ लाख ३ हजार २४० रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।

प्रस्तावित लाभांश बैंकको वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीहरुले पाउनेछन्।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले असोज १६ गतेदेखि असोज २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज १५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

सोही सभाले बैंकको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि पारित गर्नेछ।

3055
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?