जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सूचीकृत कम्पनीलाई वार्षिक नवीकरण शुल्क बुझाउन नेप्सेको अनुरोध

सूचीकृत कम्पनीलाई वार्षिक नवीकरण शुल्क बुझाउन नेप्सेको अनुरोध

बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले सूचीकृत कम्पनीहरुलाई वार्षिक नवीकरण शुल्क बुझाउन भनेको छ । 

नेप्सेले सूचीकृत कम्पनीहरुले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को अनुसूची ३ (क) र (ख) मा भएको व्यवस्था बमोजिम आर्थिक वर्ष २०८१/८२ को धितोपत्रको वार्षिक नवीकरण शुल्क बुझाउने समय असोज मसान्तसम्म रहेकोले उक्त शुल्क बुझाउन बाँकी कम्पनीहरुले निम्नानुसार बुझाउन भनेको छ ।

 ५० करोड रुपैयाँसम्म चुक्तापूँजी रहेको कम्पनीका वार्षिक नविकरण शुल्क लाग्ने ५० हजार रुपैयाँ लाग्ने नेप्सेले जानकारी गराएको छ। त्यसैगरी, ५० करोड रुपैयाँभन्दा बढी चुक्तापूँजीका भएका कम्पनीले नवीकरणबापत १ लाख रुपैयाँ वार्षिक शुल्क तिर्नुपर्नेछ। 

डिबेञ्चर, म्युचुअल फण्डको चुक्तापूँजी ५० करोडसम्म भएकाले २५ हजार र ५० करोडभन्दा बढी भएकाले ५० हजार रुपैयाँ वार्षिक नवीकरण शुल्क तिर्नु पर्ने नेप्सेले बताएको छ। 

वार्षिक नवीकरण शुल्क कम्पनीहरुले नेप्सेको खाता रहेको ग्लोबल आइएमई बैंकको ७५०१०१००००७७५ खाता नम्बरमा पठाउन सक्ने सूचनामा उल्लेख छ। तोकिएको समय अवधिमा नवीकरण शुल्क नबुझाएमा वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्ने र धितोपत्रको सूचीकरण स्थगन गर्ने नेप्सेको भनाइ छ।

2095
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका