जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • महालक्ष्मी विकास बैंकको नाफामा उछाल

महालक्ष्मी विकास बैंकको नाफामा उछाल

महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा गत आर्थिक वर्षको सोही अवधिमा ४४ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले अघिल्लो आर्थिक वर्षमा ६६ करोड नाफा कमाएको थियो भने यस अवधिमा ९५ करोड १९ लाख नाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको खुद ब्याज आम्दानी १८ प्रतिशत र सञ्चालन नाफा ४५ प्रतिशत वृद्धि भएको छ। यस अवधिमा कम्पनीको वितरणयोग्य नाफा ५८ करोड ६१ लख रहेको छ।

कम्पनीको चुक्ता पूँजी ४ अर्ब १ करोड रहेको छ भने गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले जगेडामा १ अर्ब ८२ करोड र रिटेण्ड अर्निङमा ५८ करोड ९३ लाख सञ्चित गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा कम्पनीको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ७५ पैसा रहेकोमा गत आर्थिक वर्षमा बढेर २३ रुपैयाँ ७३ पैसा पुगेको हो । यस अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात १५ दशमलव ९३ गुणा ,तरलता अनुपात २८ दशमलव ७० प्रतिशत र प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ ०९ पैसा रहेको हो

5310
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?