जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सिराहाको गोलबजारमा नेपाल बैंकको आफ्नै भवन

सिराहाको गोलबजारमा नेपाल बैंकको आफ्नै भवन

सिराहा जिल्ला, गोलबजार नगरपालिका वडा नं. ४, गोलबजारमा बैंक स्थापना भएको ४८ वर्षपछि बैंकको आफ्नै स्वामित्वको नवनिर्मित भवनबाट बैंकिङ्ग कारोबार गर्ने गरी गोलबजार नगरपालिकाका प्रमुख श्याम कुमार श्रेष्ठ र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले संयुक्तरुपमा गोलबजार शाखाको विधिवत् समुद्घाटनगरेका छन् ।
नेपालको पहिलो बैंक समेत रहेको यस बैंकले देशका विभिन्न स्थानमा रहेको आफ्नो जग्गामा आवश्यकताको आधारमा भवन निर्माण गरी कारोबार सञ्चालन गर्ने नीति अनुरुप निर्माण भएको यस भवनबाट ग्राहकहरुले सम्पूर्ण बैंकिङ्ग सुविधा प्राप्त गर्न सक्नेछन् ।

हाल बैंकले २२९ शाखा, ५९ एक्सटेन्सन काउण्टर र २०४ एटिएम काउण्टरमार्फत सेवा दिंदै आएको छ । आगामी दिनमा ग्राहकहरुलाई सरल, सहज एवम् उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्न यस बैंक कटिबद्ध रहेको छ ।

2215
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?