जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • ग्लोबल आईएमई बैंकले एनएफपीजेका सदस्यलाई क्यामेरा किन्न कर्जा दिने

ग्लोबल आईएमई बैंकले एनएफपीजेका सदस्यलाई क्यामेरा किन्न कर्जा दिने

ग्लोबल आईएमई बैंक लिमिटेडले राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपीजे) का सदस्यहरुलाई क्यामरा खरिदको लागि विना धितो कर्जा उपलब्ध गराउने भएको छ । सम्झौता पत्रमा बैंकका हेड ट्रान्जेक्सन बैंकिङ विभागका प्रमुख प्रकाश पौडेल र एनएफपीजेका अध्यक्ष प्रदीपराज वन्तले हस्ताक्षर गरेका छन् ।

बैंकले क्यामेरा खरिदका लागि २ लाखदेखि ५ लाख रुपैयाँसम्म विना धितो कर्जा प्रवाह गर्ने समझदारी भएको छ । बैंकले फोटो पत्रकारहरूलाई क्यामेरा खरिद गर्न ६ महिनादेखि १८ महिनासम्म सरल किस्ताबन्दी सुविधा सहित कर्जा उपलब्ध गराउने छ ।

कर्जाका लागि फोटो पत्रकारहरूले आवश्यक कागजात र आवेदन फारमसहित एनएफपीजेको सिफारिसमा कर्जाका लागि बैंकमा सम्पर्क गर्नुपर्ने छ ।

1750
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका