जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • फोन पेको अध्यक्षमा शसिन जोशी नियुक्त, बाहिरिए ढकाल

फोन पेको अध्यक्षमा शसिन जोशी नियुक्त, बाहिरिए ढकाल

फोन पे को अध्यक्षमा शशिन जोशी नियुक्त भएका छन । उनले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र समक्ष बुधबार पद तथा गोपनियताको सपथ लिएका हुन् ।

यसअघि कम्पनीका अध्यक्ष विश्वास ढकालले राजीनामा दिएसँगै जोशी सो पदमा नियुक्त भएका हुन् ।

यसअघि जोशी जावलाखेल ग्रूप अफ इन्डष्ट्रिजको ग्रूप कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए । उनी पुर्व बैंकर पनि हुन् ।

फोन पे नेपालको ठूलो मोबाइल पेमेन्ट नेटवर्क हो । फोन पेका करिब १ करोड ८० लाख ग्राहक छन् । नेपालमा क्यूआर पेमेन्टको सुरुवात गर्ने पहिलो भुक्तानी सेवा प्रदायक फोन पे एफ्वान सफ्टको भगिनी संस्था हो ।

850
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका