जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • अवकाशप्राप्त कर्मचारीलाई राहत, ६ महिनामा एकपटक बैंकमा जानैपर्ने व्यवस्था हटाइँदै

अवकाशप्राप्त कर्मचारीलाई राहत, ६ महिनामा एकपटक बैंकमा जानैपर्ने व्यवस्था हटाइँदै

अवकाशप्राप्त कर्मचारीले निवृत्तिभरणलाई निरन्तरता दिन ६ महिनामा एक पटक सम्बन्धित बैंकमा सशरीर उपस्थित हुनुपर्ने व्यवस्था संशोधन गर्न लागिएको छ।

अब बैंकमा आफैं उपस्थित हुनुपर्ने व्यवस्थाको साटो विद्युतीय माध्यमबाट उपस्थिति जनाउन सक्ने व्यवस्था गर्न लागिएको हो। यो व्यवस्था एक महिनाभित्र मिलाउने निर्णय सचिवहरुको बैठकले गरेको छ।

सचिवहरुको बैठकले निवृत्तिभरणलाई निरन्तरता दिन ६ महिनामा एक पटक सशरीर सम्बन्धित बैंकमा उपस्थित हुनुपर्ने विद्यमान व्यवस्थाले कठिनाई भइरहेको भन्दै पुनरावलोकन गर्न अनुरोध भएकाले विद्युतीय माध्यमबाट उपस्थिति जनाए हुने निर्णय गरेको हो। यसको समन्वय गर्ने जिम्मेवारी महालेखा नियन्त्रक कार्यालयले पाएको छ।

1865
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका