जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३१औं वार्षिक साधारण सभाले पारित गर्यो ८.७५ नगद लाभांश

हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३१औं वार्षिक साधारण सभाले पारित गर्यो ८.७५ नगद लाभांश

हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले लाभांश पारित गरेको छ। कम्पनीले अघिल्लो आवको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्ता पूँजीको ८.७५ नगद लाभांश दिने प्रस्ताव गरेको थियो । सोही लाभांश सभाबाट पारित भएको छ । उक्त साधारणसभा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारणसभा अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको अध्यक्षतामा अनमोल बैंक्वेट, शंखमुल, काठमाडौंमा सम्पन्न भएको थियो ।

उक्त सभाले आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, ईक्विटीमा भएको परिवर्तन आदि पारित गरेको छ । यसका साथै चालु आव २०८१–८२ को लागि कम्पनीको बाह्रय लेखापरीक्षकको नियुक्ती र पारीश्रमिक समेत लेखापरीक्षण समितिले सिफारिस गरिए बमोजिम अनुमोदन गरेको छ । सभामा कम्पनीका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले कम्पनीको प्रविधि र प्रतिभामा वर्तमानमा गरेको लगानीको माध्यमबाट दीर्घकालिन रुपमा श्रोतहरुको परिचालन गरि दिगो लाभ लिन सकिनेमा विश्वास लिएको बताए । उनले सबै सरोकारवालाहरुको विश्वास र सहयोगबाट कम्पनीलाई गतिशील बनाउँदै निर्जीवन बीमा क्षेत्रमा अग्रणी रुपमा स्थापित हुनेमा आफू पूर्णरुपमा विश्वस्त रहेको पनि उल्लेख गरे ।

सोही अवसरमा प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले नविनतम प्रविधिको प्रयोगबाट निर्जीवन बीमाका ग्राहकहरुलाई सेवा प्रदान गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै प्रतिष्ठित संस्था बनाउने आफ्नो अधिकतम प्रयास रहेको बताइन् ।

2300
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्