जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • महालक्ष्मी विकास बैंकद्वारा महाकाली क्याम्पसलाई गमला वितरण

महालक्ष्मी विकास बैंकद्वारा महाकाली क्याम्पसलाई गमला वितरण

 महालक्ष्मी विकास बैंक लिमिटेडले “एक शाखा, एक सामाजिक उत्तरदायित्व” को नारालाइ आत्मसाथ गर्दै विभिन्न सामाजिक तथा आर्थिक रुपान्तरणका कार्यहरु संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमका माध्यमबाट संचालन गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिर्दै यस महालक्ष्मी विकास बैंकको बेलौरी शाखाले महाकाली बहुमुखी क्याम्पस, बेलौरीलाइ १७० थान गमला सहयोग गरेको छ ।

क्याम्पस प्राङ्गरणमा आयोजित एक विशेष कार्यक्रमका बिच क्याम्पसलाई गमला प्रदान गरेको बैंकको शाखा कार्यालय बेलौरीका शाखा प्रबन्धक राम बहादुर विकले जानकारी दिए । क्याम्पसको शैक्षिक गुणस्तरमा टेवा पु¥याउने र स्वच्छ, मनोरम वातावरणमा शैक्षिक गतिविधि सञ्चालन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले क्याम्पसलाई गमला वितरण गरिएको शाखा प्रबन्धक विकले बताए । 

उक्त गमला हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस सञ्चालक समिति अध्यक्ष हरेन्द्र सिंह विष्टले क्याम्पसको पर्यावरणीय सौन्दर्यता थप्नका निमित्त फुलका गमला दिइ सहयोग गरेकोमा महालक्ष्मी विकास बैङ्कले गरेको कार्यको प्रसंशा गरे । आगामी दिनहरुमा पनी संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ । 

2785
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका