जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • एनएमबि बैंकद्वारा ग्लोबल मनि विक २०२५ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

एनएमबि बैंकद्वारा ग्लोबल मनि विक २०२५ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

एनएमबि बैंकले ग्लोबल मनि विक २०२५ को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ । सो कार्यक्रमअन्तर्गत बैंकले देशका सबै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्कुल तथा क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । ग्लोबल मनि विक २०२५ को नारा सहित, बैंकले विभिन्न क्षेत्रमा प्रभातफेरी कार्यक्रममा समेत सहभागिता जनाएको छ ।
बैंकले आफ्नो सामाजिक सञ्जालमार्फत पनि विभिन्न सचेतना तथा अन्य जानकारीमूलक कार्यहरु सञ्चालन गरेको छ । बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ३ हजार जनाभन्दा बढी व्यक्तिहरु प्रत्यक्षरुपमा लाभान्वित भएको बैंकको दाबी छ ।

एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरु, १८७ एटीएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवाप्रदानगर्दै आइरहेको छ ।

1965
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका