जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • प्रभु बैंकका ग्राहक र कर्मचारीले गोरखा गार्डन होटलमा १५ प्रतिशतसम्म छुट पाउने

प्रभु बैंकका ग्राहक र कर्मचारीले गोरखा गार्डन होटलमा १५ प्रतिशतसम्म छुट पाउने

प्रभु बैंक लिमिटेडका ग्राहक र कर्मचारीले गोरखा नगरपालिका वडा नम्बर ६ अर्घलेस्थित गोरखा गार्डन होटल प्रालिमा छुट पाउने भएका छन्। बैंकले मंगलबार होटलसँग सम्झौता भएको जनाएको छ।

सम्झौतापत्रमा होटलका अध्यक्ष सुरेन्द्र कुँवर र बैंकका गण्डकी प्रदेश प्रमुख राजु रानाले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीले बैंकको डेबिड/क्रेडिट कार्ड तथा बैंकको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा गोरखा गार्डन होटलमा उपलब्ध आवास, खाना तथा मनोरञ्जन लगायतका सेवामा १५ प्रतिशत छुट प्राप्त गर्नेछन्।

गोरखाको केन्द्र भागमा रहेको होटलमा आरामदायी बसाइका लागि न्यानो, परिवारमैत्री वातावरण र उत्कृष्ट सेवाका साथ मिश्रित नयाँ गन्तव्य हुन सक्छ। यस साझेदारीले गोरखाको पर्यटनको प्रवर्धन हुनुका साथै ग्राहक पनि लाभान्वित हुने बैंकले विश्वास लिएको छ।

2825
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका