जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नेपाल दुई चारवटा जातले मजाले लुटेर खाएको ठाँउ हो, यसले हाम्रो देशलाई अगाडि बढाउँदैन’

नेपाल दुई चारवटा जातले मजाले लुटेर खाएको ठाँउ हो, यसले हाम्रो देशलाई अगाडि बढाउँदैन’

नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलले असमानताको अन्त्य चाहन्छौ भने वादहरुको पछि लाग्न छोड्नुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘अर्थदृष्टिः अल्पविकासको अर्थ राजनीति’ नामक पुस्तक विमोचन समारोहमा उनले अर्थशास्त्रीहरुलाई देउता जस्तो मानेर यो यसको वाद यसलाई छाड्नै हुदैँन् भन्ने कुरा पनि खासै सही नभएको भन्दै असमानताको अन्त्य गर्ने हो भने वादहरुको पछि लाग्न छोड्नुपर्ने बताए ।

उनले भने, ‘समानताको मुद्दा एकदमै जायज हो । यस्तो मुद्दा सम्बोधन गर्नको लागि त्यही नै जानुपर्छ । ०६३ सालपछि केही हदसम्म गएका छौ । हामी असमानताको अन्त्य चाहन्छौ भने पुँजीवाद अन्त्य हुन लाग्यो, यो त्यो भन्नेतर्फ नलागौं । कसैले सबै सत्य देखेको पनि हुदैँन् । अर्थशास्त्रीहरुलाई देउता जस्तो मानेर यो यसको वाद यसलाई छोड्नै हुदैँन् भन्ने कुरा पनि खासै सही होईन् ।’

कुनै पनि वादहरु प्रति पूर्वाग्रह नराखि सबै वादको राम्रो कुराहरु लिएर अगाडि बढ्नु पर्ने पनि उनको भनाई छ ।

यस्तै, उनले असमानताले देशलाई अगाडि नबढाउने भन्दै कम्युनिष्ट आन्दोलनको राम्रो योगदान नै समानता भएको बताए ।

उनले भने, ‘कम्युनिष्ट आन्दोलनको राम्रो योगदान हाम्रो देशमा के हो भने समानतामा जुन जोड दिनु भएको छ, त्यो हामीलाई एकदमै काम लाग्ने कुरा हो । हाम्रो देश दुई चारवटा जातले मजाले लुटेर खाएको ठाँउ हो । अहिले पनि त्यस्तै त्यस्तै छ । यो असमानताले हाम्रो देशलाई अगाडि बढाउँदैन । यहाँ १ सय ४०, ४५ वटा समूदाय, भाषा छ ।’

1440
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका