जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • आइएमई पेबाट उडान टिकट काट्दा तीन सय बोनस पाइने

आइएमई पेबाट उडान टिकट काट्दा तीन सय बोनस पाइने

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित “आइएमई पे”ले हवाई उडान टिकटमा फेरि पनि नयाँ अफर ल्याएको छ । “उच्च तापक्रममा उच्चत्तम छुट” नामक “फ्ल्यास सेल” किसिमको अफर ल्याएको हो ।

“उच्च तापक्रममा उच्चत्तम छुट” नामक “फ्ल्यास सेल” किसिमको अफर मार्फत यात्रुहरुले मंगलवार र शनिवारको दिन दिउँसोको ३ बजे देखि ४ बजेसम्म आइएमई पे एपबाट हवाई उडान टिकट काट्दा दैनिक हाइएस्ट क्यासब्याकको साथै थप तीन सय रुपैयाँ बोनस पनि प्राप्त गर्न मिल्ने प्रबन्ध मिलाएको छ ।

साधारणतया अरु वालेट एपहरु भन्दा बढि क्यासब्याक दिइरहेको आइएमई पे एपले यस अफर अवधि भरि हप्ताको २ दिन ( मंगलवार र शनिवार ) केवल १ घण्टाको लागि सो अफर मार्फत थप तीन सय रुपैयाँ बोनस यात्रुहरुलाई प्रदान गर्ने यस कम्पनीले प्रष्टाएको छ । असार ७ गते देखि शुरु भएको यस अफर मार्फत नेपालको कुनै पनि आन्तरिक हवाई उडान सेवामा सो बोनस प्राप्त गर्न सकिने जनाईएको छ ।

5240
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?