जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बैंकर किरण कुमार श्रेष्ठको कोर बैंकिङ्गले हावा खायो, खराब कर्जामा राष्ट्रिय वाणिज्य बैंक नम्बर वानः राष्ट्र बैंक बेखबर !

बैंकर किरण कुमार श्रेष्ठको कोर बैंकिङ्गले हावा खायो, खराब कर्जामा राष्ट्रिय वाणिज्य बैंक नम्बर वानः राष्ट्र बैंक बेखबर !

नेकपा एमाले अध्यक्ष एवं तत्कालीन सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको निगाहामा सरकारी स्वामित्वको बैंक राष्ट्रिय वाणिजय बैंकमा दोस्रो पटक सीइओ बनेका बैंकर किरण कुमार श्रेष्ठको कोर बैकिङ्गले हावा खाएको छ भन्दा अब चाहि फरक पर्दैन । सुन्दा पनि अचम्म लाग्ने हेर्दा डरलाग्ने राष्ट्रिय वाणिज्य बैंकमा खराब फेला परेको छ । २७ वाणिज्य बैंकहरु मध्ये सबै भन्दा बढि करिब÷करिब ४ प्रतिशत खराब कर्जा राष्ट्रिय वाणिज्य बैंकमा फेला परेको हो । राष्ट्रिय वाणिज्य बैंकका सीइओ किरण कुमार श्रेष्ठ बैंकका सीइओ मात्रै होइनन् उनी बीमा समितिका सञ्चालक लगायत दर्जनौ संस्थाका सञ्चालक पनि छन् । उनी बैंकबाट चर्को तलब भत्ता लिन्छन् भने अरु दर्जनौ संस्थामा ठूलो भत्ता लिने बैंकर भित्र पर्दछन् । सत्ता र शक्तिको भरमा जनताको डिपोजिटबाट ठूलो धनराशी भित्र्याउने बैंकर भित्र श्रेष्ठको नाम आउने गरेको छ भन्दा फरक पदैन । विगत ४÷५ वर्ष देखि राष्ट्रिय वाणिजय बैंकको सीइओ बनेको किरण कुमार श्रेष्ठले खराब कर्जा घटाउन नसक्नुले उनीको कोर बैंकिङ्ग कस्तो रहेछ भन्ने प्रस्टै भएको छ भन्दा फरक पर्दैन ।

सरकारलाई काम गरेको देखाउन विभिन्न संघ संगठनसंग सम्झौता गर्ने र अनलाईन पोर्टल र पत्र–पत्रिकामा फोटो छाप्ने काम गर्दै आएका राष्ट्रिय वाणिज्य बैंकका सीइओलाई के गर्ने भन्ने बारे अर्थमन्त्री जनार्दन शर्माले छलफल नै चलाएको अर्थमन्त्रालय उच्च स्रोत दाबी छ ।

राष्ट्रिय वाणिज्य बैंकको वित्तिय अवस्था सुधार गर्नु भन्दा सत्ता र शक्ति केन्द्रसंग नजिक हुने बानी परेका सीइओ श्रेष्ठले सयौं आफन्ता र नेताका आफन्ताहरुलाई बैंकमा भर्ना गर्ने काम बाहेक अरु काम गर्न नसकेको एक सञ्चालकले पंक्तिकारसंग गुनासो पोखे । सरकारलाई काम गरेको देखाउन विभिन्न संघ संगठनसंग सम्झौता गर्ने र अनलाईन पोर्टल र पत्र–पत्रिकामा फोटो छाप्ने काम गर्दै आएका राष्ट्रिय वाणिज्य बैंकका सीइओलाई के गर्ने भन्ने बारे अर्थमन्त्री जनार्दन शर्माले छलफल नै चलाएको अर्थमन्त्रालय उच्च स्रोत दाबी छ । गत वर्ष भन्दा कम नाफा कमाएर नबिल बैंक भन्दा तल आएपनि बैंक भित्र सहि नेतृत्व नभएको दक्ष कर्मचारी अभाव भएको, सधै सञ्चालक समितिमा विवाद भएको जस्ता कारण रहेको एक उच्च कर्मचारीले पंक्तिकारसंग बताए । विगत ४÷५ वर्षमा किरण कुमार श्रेष्ठ सीइओ हुँदा बैंकमा ठगी काण्ड लगायत दर्जनौ घटना घटेका उदाहरण हामीसंग छन् । सीइओ श्रेष्ठले कांग्रेस निकट कर्मचारी यूनियन समर्थकलाई दुर्गम क्षेत्रमा पठाउने, आफू निकटलाई राम्रा विभागमा ल्याउने गरेको एक यूनियनका कर्मचारीले दाबी गरे ।

ऋणीले समयमै कर्जा नतिर्दा खराब कर्जा एक वर्षमा वाणिज्य बैंकहरुमा २८ करोड ३५ लाख रुपैयाँ थप भएको देखिन्छ । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले अघिल्लो आर्थिक वर्षमा २८ खर्ब ८६ अर्ब २७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए

नेपालका २८ वाणिज्य बैंकहरुको खराब कर्जा ५० अर्ब रुपैयाँ बढी पुगेको देखिन्छ । ऋणीले समयमै कर्जा नतिर्दा खराब कर्जा एक वर्षमा वाणिज्य बैंकहरुमा २८ करोड ३५ लाख रुपैयाँ थप भएको देखिन्छ । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले अघिल्लो आर्थिक वर्षमा २८ खर्ब ८६ अर्ब २७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । सो अवधिमा वाणिज्य बैंकहरुको खराब कर्जा अनुपात औषतमा १.७३ प्रतिशत अर्थात् ४९ अर्ब ९२ करोड १० लाख रुपैयाँ थियो ।
गत आवको असार मसान्तसम्म वाणिज्य बैंकहरुले ३६ खर्ब ९३ अर्ब ५२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । सो अवधिमा बैंकहरुको खराब कर्जा अनुपात औषतमा १.३६ प्रतिशत अर्थात् ५० अर्ब २० करोड रुपैयाँ खराब कर्जा भेटिएको छ भन्दा फरक पदैन ।

नेपालमा सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरु मध्ये सो अवधिमा ५ वटामा ३ अर्ब रुपैयाँदेखि ६ अर्ब रुपैयाँसम्म, १५ वटा बैंकमा १ अर्ब रुपैयाँदेखि ३ अर्ब रुपैयाँसम्म र ७ वटामा १ अर्ब रुपैयाँभन्दा थोरै खराब कर्जा देखिएको छ गर्भनर साब हेक्का होस् । अघिल्लो आवको तुलनामा गत आवमा सबैभन्दा बढी खराब कर्जा अनुपात प्रभु बैंकले घटाएको छ । तर, सो अवधिमा ५ वटा वाणिज्य बैंकको भने खराब कर्जा ०.१० प्रतिशत बिन्दुदेखि १.२२ प्रतिशत बिन्दुसम्मले थप भएको देखिन्छ ।

अघिल्लो आवको तुलनामा गत आवमा वाणिज्य बैंकहरुको औषतमा खराब कर्जा अनुपात ०.३७ प्रतिशत बिन्दुले घटेपनि खराब कर्जाकोपरिमाण भने २८ करोड ३५ लाख रुपैयाँले थप भएको हो भन्दा फरक पर्दैन । खराब कर्जामा बैंक तथा वित्तीय संस्थामा राष्ट्र बैंकले तोकको कर्जा नोक्सानी वापत प्रोभिजन गर्नु पर्ने हुन्छ । नेपालको सन्दर्भमा बैंक तथा वित्तीय संस्थाको ५ प्रतिशतभन्दा बढी खराबकर्जा भएमा त्यसमा जोखिम भनिन्छ भन्दा फरक पर्दैन । अहिले सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा यसैको नजिक पुगेको छ भन्दा फरक पर्दैन । गर्भनर साब हेक्का होस् । नेपाल बैंकर्स संघद्वारा प्राप्त पछिल्लो तथ्यांकअनुसार गत आर्थिक वर्षमा सबैभन्दा बढी खराब कर्जा राष्ट्रिय वाणिज्य बैंक र सबैभन्दा थोरै एभरेष्ट बैंकमा छ भन्दा फरक पर्दैन । नेपालमा सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरु मध्ये सो अवधिमा ५ वटामा ३ अर्ब रुपैयाँदेखि ६ अर्ब रुपैयाँसम्म, १५ वटा बैंकमा १ अर्ब रुपैयाँदेखि ३ अर्ब रुपैयाँसम्म र ७ वटामा १ अर्ब रुपैयाँभन्दा थोरै खराब कर्जा देखिएको छ गर्भनर साब हेक्का होस् । अघिल्लो आवको तुलनामा गत आवमा सबैभन्दा बढी खराब कर्जा अनुपात प्रभु बैंकले घटाएको छ । तर, सो अवधिमा ५ वटा वाणिज्य बैंकको भने खराब कर्जा ०.१० प्रतिशत बिन्दुदेखि १.२२ प्रतिशत बिन्दुसम्मले थप भएको देखिन्छ ।

राष्ट्रिय वाणिज्य बैंकमा ३.०७ प्रतिशत अर्थात् ५ अर्ब ९५ करोड, नेपाल इन्भेष्टमेण्ट बैंकमा २.४६ प्रतिशत अर्थात् ३ अर्ब ९८ करोड र एनएमबी बैंकमा २.२७ प्रतिशत अर्थात् ३ अर्ब ५४ करोड रुपैयाँ खराब कर्जा छ ।ग्लोबल आइएमई बैंकमा १.४२ प्रतिशत अर्थात् ३ अर्ब ३९ करोड रुपैयाँ, सिटिजन्समा २.७७ प्रतिशत अर्थात् ३ अर्ब ३७ करोड, नेपाल बैंकमा २.१० प्रतिशत अर्थात् २ अर्ब ९६ करोड र कृषि विकास बैंकमा १.८४ प्रतिशत अर्थात् २ अर्ब ८१ करोड रुपैयाँ खराब कर्जा रहेको भेटिएको छ ।

खराब कर्जा अनुपात बढ्नेमा सिटिजन्स बैंकको १.२२, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ०.५२, लक्ष्मी बैंकले ०.१७, मेगा बैंकले ०.११, र माछापुच्छ«े बैंकले ०.१० प्रतिशत बिन्दुले अघिल्लो आवको भन्दा गत आवमा खराब कर्जा बढेको देखिन्छ । २७ वाणिज्य बैंकहरुले प्रवाह गरेको कर्जाको आधारमा सबैभन्दा बढी डरलाग्दो खराब कर्जा राष्ट्रिय वाणिज्य बैंकमा छ । साथै, खराब कर्जा बढी हुने दास्रोमा नेपाल इन्भेष्टमेन्ट बैंक र तेस्रोमा एनएमबी बैंकमा खराब कर्जाको परिमाण बढी छ भन्दा फरक पर्दैन । राष्ट्रिय वाणिज्य बैंकमा ३.०७ प्रतिशत अर्थात् ५ अर्ब ९५ करोड, नेपाल इन्भेष्टमेण्ट बैंकमा २.४६ प्रतिशत अर्थात् ३ अर्ब ९८ करोड र एनएमबी बैंकमा २.२७ प्रतिशत अर्थात् ३ अर्ब ५४ करोड रुपैयाँ खराब कर्जा छ ।ग्लोबल आइएमई बैंकमा १.४२ प्रतिशत अर्थात् ३ अर्ब ३९ करोड रुपैयाँ, सिटिजन्समा २.७७ प्रतिशत अर्थात् ३ अर्ब ३७ करोड, नेपाल बैंकमा २.१० प्रतिशत अर्थात् २ अर्ब ९६ करोड र कृषि विकास बैंकमा १.८४ प्रतिशत अर्थात् २ अर्ब ८१ करोड रुपैयाँ खराब कर्जा रहेको भेटिएको छ ।

प्रभु बैंकमा १.६८ प्रतिशत अर्थात् २ अर्ब ३९ करोड, सिद्धाथमा १.१६ प्रतिशत अर्थात् १ अर्ब ९० करोड, मेगामा १.२६ प्रतिशत अर्थात् १ अर्ब ७६ करोड, एनसीसीमा १.७८ प्रतिशत अर्थात् १ अर्ब ७४ करोड, प्राइममा १.१९ प्रतिशत अर्थात् १ अर्ब ६८ करोड र बैंक अफ काठमाण्डूमा १.६७ प्रतिशत अर्थात् १ अर्ब ६१ करोड रुपैयाँ खराब कर्जा रहेको देखिन्छ । नबिल बैंकमा ०.७८ प्रतिशत अर्थात् १ अर्ब ६१ करोड, सेञ्चुरीमा १.९५ प्रतिशत अर्थात् १ अर्ब ५६ करोड, कुमारीमा १.०८ प्रतिशत अर्थात् १ अर्ब ५४ करोड, सनराइजमा १.३८ प्रतिशत अर्थात् १ अर्ब ४१ करोड, लक्ष्मीमा १.२१ प्रतिशत अर्थात् १ अर्ब ३२ करोड र एनआएसी एशिया बैंकमा ०.४६ प्रतिशत अर्थात् १ अर्ब २१ करोड रुपैयाँ खराब कर्जा रहेको देखिन्छ ।
नेपाल बंगलादेश बैंकको १.५५ प्रतिशत अर्थात् १ अर्ब १५ करोड, सिभिल बैंकको १.०५ प्रतिशत अर्थात् ८६ करोड ८९ लाख, माछापुच्छ्रे बैंकको ०.६२ प्रतिशत अर्थात् ७२ करोड ७१ लाख र स्ट्याण्डर्ड चार्टर्डको ०.९६ प्रतिशत अर्थात् ६८ करोड ६१ लाख रुपैयाँ खराब कर्जा देखिन्छ । हिमालयन बैंकको ०.४८ प्रतिशत अर्थात् ६३ करोड ४० लाख, नेपाल एसबीआइमा ०.२३ प्रतिशत अर्थात् २३ करोड ३२ लाख, सानिमा बैंकमा ०.१६ प्रतिशत अर्थात् १९ करोड ६९ लाख रुपैयाँ र एभरेष्ट बैंकमा ०.१२ प्रतिशत अर्थात् १६ करोड २२ लाख रुपैयाँ खराब कर्जा छ भन्दा फरक पर्दैन ।

14110
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका