जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले बुझायो अन्तिम प्रतिवेदन

बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले बुझायो अन्तिम प्रतिवेदन

बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले गभर्नर डा. विश्वनाथ पौडेललाई सुझाव प्रतिवेदन बुझाएको छ। डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा एक महिनाअघि गठित कार्यदलले सोमबार अन्तिम प्रतिवेदन बुझाएको हो। कार्यदलले प्रारम्भिक प्रतिवेदन असार २४ गते बुझाएको थियो।

कार्यदलमा पूर्वबैंकर भुवनकुमार दहाल र नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल सदस्य थिए।

कार्यदलले आर्थिक गतिविधि चलायमान बनाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका, ग्रामीण क्षेत्रमा कर्जा प्रवाह बढाउन चाल्नुपर्ने कदम, नेपाललाई ग्रे-लिष्टबाट हटाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका लगायत विषयमा सुझाव दिएको छ।

यस्तै पुँजी बजारको विकासमा केन्द्रीय बैंकको भूमिका, जोखिममा आधारित सुपरिवेक्षण र ग्राहकमैत्री बैंकिङ सेवा विकासका लागि चाल्नुपर्ने कदमबारे सुझाव दिइएको छ।

बैंक तथा वित्तीय संस्था गाभ्ने र प्राप्ति तथा त्यसपछिका समस्या समाधानका विषय पनि कार्यदलको प्रतिवेदनमा परेका छन्।

1565
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका