जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३

हालको खबर

  • होमपेज
  • एक वर्ष नपुग्दै नारायणी डेभलपमेन्ट बैंकबाट बाहिरिए सीईओ रेग्मी

एक वर्ष नपुग्दै नारायणी डेभलपमेन्ट बैंकबाट बाहिरिए सीईओ रेग्मी

नारायणी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विष्णु रेग्मीले स्वास्थ्य कारण देखाउँदै पदबाट राजीनामा दिएका छन्। उनको राजीनामा बिहीबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको बैंकले जनाएको छ।

रेग्मीलाई २०८० भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले सीईओमा नियुक्त गरेको थियो। एक वर्ष पनि नपुग्दै उनले राजीनामा दिएपछि बैंकको नेतृत्वमा फेरबदल भएको हो।

सञ्चालक समितिको बैठकले कृष्ण दवाडीलाई निमित्त प्रमुख कार्यकारी अधिकृत (कार्यवाहक सीईओ) को जिम्मेवारी दिने निर्णय गरेको छ।

1640
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार