जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एनएलजी इन्स्योरेन्सको हकप्रद सेयर बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त

एनएलजी इन्स्योरेन्सको हकप्रद सेयर बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन लागि बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केटलाई नियुक्त गरेको छ।

बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता आइतबार कम्पनी र क्यापिटलबीच भएको हो। सम्झौतापत्रमा एनएलजी इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन्।

एनएलजी इन्स्योरेन्सको हालको पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९०.५० रुपैयाँको १०ः६६ अनुपातमा अर्थात ६६ प्रतिशत हकप्रद ल्याउने तयारी गरिरहेको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ।

5890
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका