जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • मुक्तिनाथ विकास बैंकको सिइओमा तारा मानन्धर नियुक्त

मुक्तिनाथ विकास बैंकको सिइओमा तारा मानन्धर नियुक्त

मुक्तिनाथ विकास बैंकले नयाँ सिइओमा तारा मानन्धरलाई नियुक्त गरेको छ। आगामी जेठ १ गतेदेखि मानन्धरले औपचारिक रूपमा पदभार ग्रहण गर्नेछन् । बैंकमा कार्यरत हालका सिइओ प्रद्युमन पोखरेलको कार्यकाल यही वैशाख मसान्तमा सकिँदै छ । मानन्धरलाई ४ बर्षे कार्यकालका लागि सीइओ नियुक्त गरिएको हो ।

बैंकको वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो । नेपाल बंगलादेश बैंकबाट बैंकिङ करीयर सुरु गरेका मानन्धरले एनसीसी बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, स्ट्यान्डर्ड चार्टर्ड बैंक लगायतमा काम गरिसकेका छन् । पछिल्लो समय डिसहोम मिडिया नेटवर्कमा सिइओका रुपमा कार्यरत मानन्धर केही समय अघि मुक्तिनाथ विकास बैंकमै डेपुटी सिइओका रुपमा कार्यरत थिए ।

230
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्