जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३

हालको खबर

  • होमपेज
  • एनआईसी एशिया ग्राहकले किरोप्याट्रिक एण्ड म्यानुएल थेरापीमा छुट पाउने

एनआईसी एशिया ग्राहकले किरोप्याट्रिक एण्ड म्यानुएल थेरापीमा छुट पाउने

एनआईसी एशिया बैंकका ग्राहकले किरोप्याट्रिक एण्ड म्यानुएल थेरापी सेन्टरबाट विशेष छुट पाउने भएका छन् ।

बैंकका ग्राहकले बालुवाटार तथा त्रिपुरेश्वर, काठमाडौं र बुटवलमा रहेको सेन्टरका शाखाहरूबाट डिजिटल माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने भएका हुन् ।

सुविधाको उपयोग गर्न ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।

उक्त थेरापी सेन्टरसँगको यस सहकार्यले ग्राहकलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

955
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार