जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कृषि विकास बैंकको चमत्कारः १० देखि ६० प्रतिशत सम्म व्याज छुट?

कृषि विकास बैंकको चमत्कारः १० देखि ६० प्रतिशत सम्म व्याज छुट?

कृषि विकास बैंकले कोरोना महामारीबीच आफ्ना ग्राहकहरुलाई राहत दिने उद्देश्यले १० प्रतिशत देखि ६० प्रतिशत सम्मको ब्याज छुटको चमत्कारी स्कीम ल्याएको खुलेको छ ।

बैंकले साना तथा लघु ऋणीहरुलाई विशेष प्याकेज ल्याएको देखिन्छ । कोरोना भाईरसको महामारीमा ऋणीहरुले गर्दै आएको उद्योग धन्दा, व्यापार, व्यवसाय बन्द गरेर बसेका ऋणीका लागि कृषि विकास बैंकले राहत स्वरुप निर्देशिका नै जारी गरेर विशेष स्कीम ल्याएको बैंकले जनाएको छ ।

सो राहत स्कीक मार्फत बैंकले पूराना २ वर्ष भन्दा माथीका ऋणीहरुलाई राहत स्वरुप ब्याज छुट दिन लागिएको बैंकका सीइओ अनिल कुमार उपाध्यायले पंक्तिकारसंग बताए । उनीले भनेः– धितो नभएका ऋणी र व्यवसाय नै बन्द भएकाहरुलाई केही राहत दिने उद्देश्यले सामाजिक उत्तरदायित्व भित्र रहि यो काम शुरु गरेको चाहि छौं । यो अधिकार केन्द्र देखि शाखसम्मलाई दिएको समेत उनीले बताए ।

बैंकले निर्देशिका नै जारी गर्दै यस्ता ऋणीहरुलाई १० प्रतिशत देखि ६० प्रतिशत ब्याज छुट दिइने भएको हो ।
‘विगत २ वर्षदेखि भाका नाघेर बसेका निस्कृय कर्जाको सावा ब्याज चुक्ता गरेमा बैंकले त्यसको ब्याजमा १० देखि ६० प्रतिशतसम्म छुट दिने व्यवस्था कार्यान्वयनमा ल्याएको छ, । सीइओ उपाध्यायले बताए ‘अहिलेलाई यो प्याकेज असार मसान्तसम्मका लागि ल्याइएको छ ।’ पछि समय थप पनि हुन सक्छ । अहिलेको प्रभाव हेरेर समय थप गर्न सकिने उनीले दाबी गरे ।

बैंकले ‘समस्याग्रस्त कर्जा असुली तथा गैर बैकिङ सम्पत्ति राफसाफ गर्ने निर्देशिका, २०७७ जारी गरेर साना ऋणीलाई ऋण चुक्ता गर्ने अवसर दिएको हो । जेठ ३१ गते बसेको बैंक सञ्चालक समितिको बैंठकले उक्त निर्देशिका पारित गरेकोे र असार १ गतेदेखि निर्देशिका लागू भएको हो । बैंकले ल्याएको निर्देशिकामा कर्जाको रिक्स व्यवस्थापन पक्षलाई वैज्ञानिक प्रक्रियाबाट रेटिङ गर्दा आउने स्कोरको आधारमा छुट दिने व्यवस्था मिलाएको सीइओ उपाध्यक्षले बताए ।
बैंकमा २ वर्षदेखि भाका नाघेका साना तथा लघुअन्तर्गतका अपलेखन तथा गैर बैकिङ कर्जामा १० देखि ६० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको देखिन्छ ।

यस्ता कर्जाको ब्याजमा २५ प्रतिशतसम्मको छुट भने प्रदेश तथा स्थानीयस्तरका बैकिङ कार्यालयले नै दिन सक्नेछन् । सो भन्दा माथिको ब्याज छु्ट पाउनका लागि भने कृषि विकास बैंकको मुख्य कार्यालयको कर्जा असुली समिति तथा आवश्यक परेमा सञ्चालक समितिले समेत छुट दिने निर्णय गर्न सक्ने देखिन्छ ।

कर्जाको भाका नाघेको समय, कर्जा लिँदा राखेको धितोको हालको मूल्यांकन, दैविक प्रकोपका आधार र ऋणीको आर्थिक (आम्दानीका अन्य स्रोत) अवस्थाको मूल्यांकन गरेर कर्जाको ब्याजमा छुट दिने व्यवस्था निर्देशिकाले गरेको देखिन्छ ।

नेपाल सरकारले विभिन्न मितिमा घोषणा गरेका कार्यक्रमका लागि विना धितोमा प्रदान गरिएको लघु कर्जामा पनि अधिकतम छुट दिएर राफसाफ गर्ने व्यवस्था निर्देशिकाले गरेको उल्लेख छ ।

कृषि विकास बैंकले १ हजार २ सय ५१ जनालाई युवा स्वरोजगार कार्यक्रममार्फत गरिएको कर्जाबाट अझै ९ करोड ५४ लाख ६३ हजार असुल गर्न बाँकी छ । उक्त कर्जा सावा ब्याजसहित हो । त्यस्तै साना तथा लघु वित्तअन्तर्गत २४ करोड ७३ लाख कर्जा असुल हुन बाँकी छ । यी र यस्तै प्रकारका अन्य कर्जा असुल गर्न बैंकले पहिलो पटक यस्तो निर्देशिका नै जारी गरेर नयाँ स्किम ल्याएको हो । हाल कृषि विकास बैंकको कुल कर्जाको साढे दुई प्रतिशत निस्कृय कर्जा रहेको छ । सोमध्य ५० प्रतिशत असार महिना मै असुली गर्न बैंकको लक्ष्य रहेको देखिन्छ । जय होस् ।

23950
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?