जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • कामना सेवा विकास बैंकले पायो अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासनको अनुमति

कामना सेवा विकास बैंकले पायो अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासनको अनुमति

कामना सेवा विकास बैंकले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासनको अनुमति पाएको छ। बैंकले सेबोनबाट ३५ करोड रुपैयाँको ३५ लाख कित्ता अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासन गर्न अनुमति पाएको छ।

बैंकले आफ्नो १८औं वार्षिक साधारण सभाबाट पारित गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर अंकित मूल्य १०० रुपैयाँका दरले ३५ लाख कित्ता अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासन गर्न सेबोनमा निवेदन दिएको थियो।

अविमोच्य असञ्चिति अग्राधिकार सेयर अवधि नतोकिएको तर निश्चित प्रतिशतको लाभांश दर प्रदान गर्न सक्ने विशेषता भएको पुँजी बजार उपकरण हो। कामना सेवा विकास बैंकको अविमोच्य असञ्चिति अग्राधिकार सेयरमा लगानी गर्नेले ९ प्रतिशत लाभांश पाउनेछन्।

अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गरेपछि पुँजीगत संरचना थप सुदृढ भई पुँजीकोष बढेर व्यवसाय विस्तार गर्न सहज हुने बैंकले जनाएको छ। यसअघि मंसिर ५ गते नबिल बैंकले ५ अर्ब रुपैयाँको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न अनुमति पाएको थियो।

965
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका