जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सनराइज स्मार्टबाट मनकामना केबलकारको टिकट किन्दा सहुलियत

सनराइज स्मार्टबाट मनकामना केबलकारको टिकट किन्दा सहुलियत

सनराइज बैंकले सनराइज स्मार्ट प्रयोग गरी मनकामना केबलकारको टिकट किन्दा क्यास ब्याक दिने भएको छ।

यस योजना अन्तर्गत सनराइज बैंकका ग्राहकले बैंकको डिजिटल प्लाटफर्म सनराइज स्मार्टबाट मनकामना केबलकारको टिकट किन्दा हरेक टिकटमा एक सय रुपैयाँ क्यास ब्याक दिने बैंकले जनाएको छ।

बैंकका अनुसार यो योजना फागुन ७ देखि चैत मसान्तसम्म रहनेछ ।

कोभिड-१९ को महामारीको समयमा बैंकले नगद कारोबारको सट्टा डिजिटल कारोबारलाई प्रोत्साहित गर्नका लागि यस्तो योजना अघि सारेको जनाएको छ।

यसले नगदमार्फत हुनसक्ने संक्रमणको सम्भावित जोखिमलाई समेत न्यूनीकरण गर्ने बैंकले विश्वास लिएको छ

6760
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?