
मन्जुश्री फाईनान्स लिमिटेडले ग्लोबल मनी वीक २०२६ को सुरुवात आफ्नो चितवन क्लस्टरको शाखाहरु
मार्फत प्रभात फेरी बाट गरेको छ । विश्वभरि नै मनाईने ग्लोबल मनी वीकको सप्ताहमा मन्जुश्री
फाईनान्सले आफ्ना सम्पूर्ण शाखाहरुबाट कार्यक्रमको आयोजना गरेको जानकारी गराएको छ ।
यस ग्लोबल मनी वीक २०२६ को मूल आधार Smart Money Talks भन्ने अभिप्रायलाई लिएर
विभिन्न संघ संस्था तथा युवालाई मध्येनज़र गर्दै विभिन्न स्कूल तथा कलेजहरुमा कार्यक्रमको
व्यवस्था गरिने छ ।
हाल सम्म करिब २४ अर्ब निक्षेप संकलन तथा २०. ६ अर्ब कर्जा प्रबाह गरेको यस मन्जुश्री फाईनान्सले
२८ ओटा शाखाको साथै एउटा विस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरुलाई उत्कृष्ट बैंकिंग सेवा उपलब्ध
गराईरहेको छ भने १ लाख ८ ७ हजार भन्दा अधिक सन्तुष्ट ग्राहकवर्गलाई सेवा दिदै आइरहेको
छ।
यस अघि मन्जुश्री फाईनान्सले आफ्ना ग्राहकहरु माझ Manjushree Virtual Credit Card को
सेवा पनि उपलब्ध गराउदै आइरहेको छ ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार

















































