जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एनआईसी एशिया बैंकका ग्राहकलाई स्तुपा कम्युनिटी हस्पिटलमा छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई स्तुपा कम्युनिटी हस्पिटलमा छुट

एनआईसी एशिया बैंक र स्तुपा स्वास्थ्य सेवा सहकारी संस्था (स्तुपा कम्युनिटी हस्पिटल) बीच बैंकका ग्राहकहरु तथा स्तुपा स्वास्थ्य सेवाका शेयर होल्डरहरुलाई विभिन्न सेवा प्रदान गर्ने विषयमा समझदारी भएको छ । उक्त समझदारी पत्रमा बैंकको तर्फबाट सर्कल हेड–काठमाडौं नर्थ सुदिन कुमार लामाज्यू र हस्पिटलका तर्फबाट निर्देशक डा. पेम्बा लामाले हस्ताक्षर गरे ।

यस समझदारीसँगै बैंकका ग्राहकहरुले उक्त हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवाहरुमा १५ प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नेछन् भने स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाका बोर्ड सदस्य, निर्देशक, कर्मचारी तथा अन्य शेयर होल्डरहरुले यस बैंकको क्रेडिट कार्डमा उपलब्ध सेवाहरु प्राप्त गर्ने छन् ।

साथै, ग्राहकहरुको थप सेवा सुविधाको लागि स्तुपा कम्युनिटी हस्पिटल परिसरमा यस बैंकको एटिएम सेवा संचालन गर्ने समझदारी पत्रमा उल्लेख छ ।

390
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?