जोडिनुहोस
सोमवार, असार २२, २०८३
सोमवार, असार २२, २०८३
  • होमपेज
  • सन नेपाल लाइफका सीईओमाथि अनुसन्धान गर्न पाँच दिन म्याद थप

सन नेपाल लाइफका सीईओमाथि अनुसन्धान गर्न पाँच दिन म्याद थप

सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ)माथि अनुसन्धान गर्न अदालतले प्रहरीलाई पाँच दिन म्याद थप गरिदिएको छ । सोमबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सीईओ राज कुमार अर्याललाई पक्राउ गरेको थियो । सो अनुसार सीईओमाथि थप अनुसन्धानका लागि अदालतले पाँच दिनको म्याद दिएको हो ।

सोमबार सीआईबीले सेयरसम्बन्धी ठगी प्रकरणमा अर्याललाई पक्राउ गरेको थियो ।

अर्यालले संस्थामा कार्यरत कर्मचारीहरूलाई छुट्याइएको सेयर बाँडफाँडसम्बन्धी विवरण नियामक निकायमा पेश गर्दा फरक–फरक विवरण पेस गरेको भन्दै प्रहरीले अनुसन्धान अगाडि बढाएको हो ।

445
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?