जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • विज्ञप्तिमार्फत जारी गरेको ब्याज दर सम्बन्धि निर्देशनलाई राष्ट्र बैंकले नीतिगत रुप दियो

विज्ञप्तिमार्फत जारी गरेको ब्याज दर सम्बन्धि निर्देशनलाई राष्ट्र बैंकले नीतिगत रुप दियो

नेपाल राष्ट्र बैंकले कानुनी प्रकृयासमेत मिचेर पुरानो मितिको ब्याज दर उल्टाउन जारी गरेको निर्देशनलाई एकिकृत निर्देशिकामा राखेको छ। राष्ट्र बैंकले कात्तिक ३ गते दिएको निर्देशन विज्ञप्तिका रुपमा थियो।

त्यसलाई नीतिगत निर्देशनको रुप आइतबार दिइएको हो। राष्ट्र बैंकले अघिल्लो महिनाको भन्दा १० प्रतिशत मात्र निक्षेपको ब्याज दर तलमाथि गर्न पाइने ब्यवस्था गरेको छ।

बचतको न्यूनतम र मुद्दतिको अधिकतम ब्याज ५ प्रतिशत बिन्दुभन्दा बढि हुनु हुँदैन। यति १० प्रतिशतले तलमाथि गर्दा कयम हुने अधिकतम र न्यूनतम ब्याज दर बीचको अन्तर ५ प्रतिशतभन्दा बढि हुन गएमा अधिकतम वा न्यूनतममध्ये एक दर कायम गरी समायोजन गर्नु पर्ने छ।

कल डिपोजिट तथा संस्थागत मुद्दति निक्षेपबाहेक अन्य निक्षेपको हकमा प्रकाशित ब्याजदरमा आधा प्रतिशत बिन्दु बढि ब्याज दिन सकिने ब्यवस्थालाई खारेज गरिएको छ।

बोलकबोलमा आधारित निक्षेप प्रकाशित ब्याजमा लिनु पर्ने छ। यदि नवीकरण गर्ने हो भने प्रकाशितभन्दा ०.१ प्रतिशत बिन्दुसम्ब बढि दिन सकिन्छ।

7740
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?