जोडिनुहोस
शनिबार, बैशाख २९, २०८१
शनिबार, बैशाख २९, २०८१
  • होमपेज
  • तेस्रो त्रैमाससम्म वाणिज्य बैंकहरुको निक्षेप औषतमा १३.४० प्रतिशत बढ्यो

तेस्रो त्रैमाससम्म वाणिज्य बैंकहरुको निक्षेप औषतमा १३.४० प्रतिशत बढ्यो

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २७ वाणिज्य बैंकहरुले कुल रू. ३८ खर्ब १९ अर्ब २७ करोड ९१ लाख ३५ हजार निक्षेप संकलन गरेका छन् । गत वर्ष यस अवधिसम्म यी बैंकहरुले रू. ३३ खर्ब ६७ अर्ब ७९ करोड ६७ लाख २ लाख निक्षेप संकलन गरेका थिए । गत वर्षभन्दा यस वर्ष वाणिज्य बैंकहरुको निक्षेप संकलन औषतमा १३ दशमलव ४० प्रतिशत बढेको हो ।

निक्षेप संकलनमा यस वर्ष अग्रस्थानमा एनआईसी एशिया बैंक रहेको छ । यस बैंकले ९ महिनामा रू. २ खर्ब ७५ अर्ब ३१ करोड ८० लाख ३५ हजार निक्षेप संकलन गरेको हो । गत वर्ष यो अवधिसम्म यस बैंकले रू. २ खर्ब १ अर्ब ६३ करोड ३ लाख ८४ हजार निक्षेप संकलन गरेको थियो ।

गत वर्षको तुलनामा एनआईसी एशिया बैंकको निक्षेप संकलन साढे ३६ प्रतिशत बढेको हो । यस वर्ष सबैभन्दा कम निक्षेप संकलन नेपाल बङ्गलादेश बैंकले गरेको छ । यो बैंकले रू. ७३ अर्ब २९ करोड १० लाख ५६ हजार निक्षेप संकलन गरेको हो ।

गत वर्ष यो अवधिसम्म बैंकले रू. ६६ अर्ब ४३ करोड ५० लाख ५४ हजार निक्षेप संकलन गरेको थियो । गत वर्षभन्दा यस वर्ष नेपाल बङ्गलादेश बैंकले १३ दशमलव ४० प्रतिशत बढी निक्षेप संकलन गरेको हो ।

5985
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका