
चालु आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात् चैत मसान्तसम्ममा नेपालका राष्ट्रिय स्तरका विकास बैंकहरूको नाफामा निकै ठूलो सुधार देखिएको छ। सार्वजनिक वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका आठवटा राष्ट्रिय स्तरका विकास बैंकहरूले यस अवधिमा कुल ५ अर्ब ५० करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।
यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.४ प्रतिशतले बढी हो। अघिल्लो वर्षको चैत मसान्तसम्म यी बैंकहरूले कुल ३ अर्ब ६९ करोड रुपैयाँ मात्र नाफा कमाएका थिए।
यस अवधिमा लुम्बिनी विकास बैंकको नाफामा चामत्कारिक वृद्धि देखिएको छ। उक्त बैंकले अघिल्लो वर्षको तुलनामा १०२८.२५ प्रतिशतले नाफा बढाउन सफल भएको छ। यस्तै, ज्योति विकास बैंकले १०५.३ प्रतिशत र शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ५३.३८ प्रतिशतले आफ्नो नाफामा वृद्धि गरेका छन्।
अन्य प्रमुख विकास बैंकहरूमा गरिमा विकास बैंकले ४२.९१ प्रतिशत, मुक्तिनाथ विकास बैंकले ३०.४ प्रतिशत, कामना सेवा विकास बैंकले १९.३७ प्रतिशत, सांग्रिला विकास बैंकले ११.५९ प्रतिशत र महालक्ष्मी विकास बैंकले ५.३६ प्रतिशतले नाफा बढाएका छन्। समग्रमा, वाणिज्य बैंकहरूसँगै विकास बैंकहरूको वित्तीय अवस्थामा पनि सकारात्मक सुधार आएको देखिएको छ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार
















































