जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अनिल शाहको अर्को चमत्कार, नविलको २ अर्ब नाफा

अनिल शाहको अर्को चमत्कार, नविलको २ अर्ब नाफा

भूपेन्द्र आचार्य । लामो समय बंैकिङ प्रणालीसँग लड्दै आएका नविल बैंक लिमिटेडका सीइओ अनिल शाहले चमत्कार नै गरे भन्दा पत्याउन गाह्रो होला । तर, यो सत्य हो ।

नेपाली २८ वाणिज्य बैंकहरुमा सबैभन्दा बढी नाफा कमाउने बैंकहरुमा दोस्रो बैंक बन्न सफल भएको छ । बैंकले २ अर्ब ४ करोडको उच्च नाफा कमाएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक, राष्ट्रिय वाणिज्य बैंकलाई समेत नविल बैंकले जितेको छ । यो उचाईमा नविल बैंक पु¥याउने अनिल केशरी शाहको उच्च योगदान देखिन्छ । जहाँ अनिल त्यहाँ कमाल भन्ने बैंकरहरुको उखान नविल बैंकमा लागु भएको देखिन्छ ।

नविल बैंकमा डिपुटी सीइओकारुपमा प्रवेश गर्दा आलोचनाको पात्र बनेका अनिल शाहको चमत्कारले सबै चकित परेका छन् । सधै निर्धक्क भएर बोल्ने र कर्पोरेट सुशासनलाई उच्च राख्ने शाह नेपाल बैंकर एशोसिएसनको अध्यक्ष भएको बेला ब्याजदर लगायतका कुरामा कुनै विवाद भएको थिएन । उनीले नयाँ बैंक मेगा बैंकलाई १० अर्बको बैंक बनाएर नबिल बैंक पुगेका थिए ।

पछिल्लो अवस्थामा नबिल बैंकले रिजर्वमा ८५ प्रतिशतको छलाङ, नाफामा छलाङ र खराब कर्जामा उच्च सुधार गर्न सफल शाहको अहिले चर्चा हुन स्वभाविक नै हो ।

अघिल्लो वर्षको यही अवधिमा १ अर्ब ८३ करोडमा सीमित नाफा बढेर यो वर्ष २ अर्ब ४ करोडको उचाईमा पुगेको हो । बैंकको खूद मुनाफा समेत १ अर्ब ८३ करोडबाट बढेर २ अर्ब १७ करोड पुगेको छ ।

अघिल्लो वर्ष यही अवधिमा २ अर्ब ६० करोडमा सीमित संचालन मुनाफामा १८.३१ प्रतिशतले वृद्धि भई ३ अर्ब ८ करोडको उचाई समीक्षा अवधिमा बैंकले खुद ब्याज आम्दानी २३.०२ प्रतिशतले बढाएको छ । अघिल्लो वर्ष यही अवधिमा २ अर्ब ९३ करोड रहेको यस्तो आम्दानी बढेर ३ अर्ब ६१ करोड पुगेको हो । यो सीइओ शाहको चमत्कार नै मान्नुपर्दछ ।

यो अवधिमा बैंकले १ खर्ब ४९ अर्ब निक्षेप संकलन गरी १ खर्ब ३० अर्ब कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको तुलनामा निक्षेप २३.१६ प्रतिशतले बढाएको बैंकले कर्जातर्फ भने २६.९७ प्रतिशतको फड्को नै मारेको प्रस्टै देखिएको छ ।
अघिल्लो वर्षसम्म बैंकको रिजर्बमा ७ अर्ब ८५ करोड रहेकोमा बढेर यो वर्ष १४ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । यसरी बैंकले रिजर्बमा करिब ८५ प्रतिशतको छलाङ मारेको देखिएको छ ।

बैंकले खराब कर्जाको अनुपात घटाउने मामलामा निकै ठूलो सफलता पाएको छ । अघिल्लो वर्षको यही अवधिमा १.१३ प्रतिशतको अनुपातमा रहेको यस्तो कर्जा घटेर ०.६२ प्रतिशतमा सीमित भएको हो ।

नाफामा बढोत्तरीका कारण वार्षिकीकृत प्रतिसेयर आम्दानी अघिल्लो वर्षको तुलनामा करिब १९ प्रतिशतले वृद्धि भई ५४ रुपैयाँ २८ पैसा पुगेको छ ।

बैंकको प्रतिसेयर नेटवर्थ बढेर २८०.५७ रुपैयाँको उचाईमा पुगेको भेटिएको छ । अनिल केशरी शाह नविल बैंक पुगेका ७÷८ महिनामै बैंकले उच्च छलाङ मारेको छ । अति दुर्गम १२ ठाउँमा नविल बैंक पुगेको छ, भने घातक रोगहरुको वीमा समेत नविल बैंकले शुरु गरेको छ । आफ्ना ग्राहकको सुखदुखमा साथ दिने नविल बैंकको यो प्रोडक्ट चर्चाको विषय बनेको थियो ।

8640
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका