जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • रिलायन्सले विभिन्न कम्पनीका घरायसी सामान किन्न लागि कर्जा दिने

रिलायन्सले विभिन्न कम्पनीका घरायसी सामान किन्न लागि कर्जा दिने

रिलायन्स फाइनान्सले होम अप्लायन्स कर्जा प्रदान गर्नको लागि अल्फा इनोभेसनसँग सम्झौता गरेको छ । सम्झौता अनुसार रिलायन्स फाइनान्सले ग्राहकहरुलाई उपभोक्ता कर्जाअर्न्तगत वेबोर, नेक्सन, चांहोङका होम अप्लायन्स खरिद गर्दा ऋण उपलब्ध गराउने सम्झौता भएको छ ।

फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत रामहरि आर्चय र अल्फा इनोभेसनको संचालक सतिश रमन शाहले हस्ताक्षर गरेका हुन् । कर्जा लिनको लागि अल्फा इनोभेसनको विभिन्न शाखाहरूमा गएर होम अप्लायन्स खरिद गर्दा आवश्यक पर्ने ऋण रकम सहज उपलब्ध गराउने फाइनान्सले जनाएको छ । त्यसैगरी, ग्राहकहरूले रिलायन्स फाइनान्सको मोबाइल बैंकिङ एप तथा एटीएम कार्ड मार्फत भुक्तानी गर्दा पनि अल्फा इनोभेसनले नगद छुट उपलब्ध गराउने भएको छ ।

देशभरी २१ वटा शाखा रहेको रिलायन्स फाइनान्सले यसअघि पनि विभिन्न संस्थाहरूसँग सहकार्य गर्दै ग्राहकहरूलाई यस्ता छुट तथा नवीन सुविधा प्रदान गर्दै आइरहेको छ ।

185
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका