जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • एक दर्जन वाणिज्य बैंक सहित ६ दर्जन कम्पनीहरुले गरे लाभाशं घोषणाः ९ बैंकद्वारा नियम विपरित लिएको ब्याज फिर्ताको विवरण राष्ट्र बैंकद्वारा माग !

एक दर्जन वाणिज्य बैंक सहित ६ दर्जन कम्पनीहरुले गरे लाभाशं घोषणाः ९ बैंकद्वारा नियम विपरित लिएको ब्याज फिर्ताको विवरण राष्ट्र बैंकद्वारा माग !

नेपालका १५ वाणिज्य बैंक सहित ६ दर्जन कम्पनीहरुले लाभाशं घोषणा गरेका छन् भन्दा अब फरक पर्दैन । शेयरधनी र प्रमोटरहरुलाई यसवर्ष गतवर्षको भन्दा केही कम लाभाशं बैंक र वित्तिय कम्पनीहरुले घोषणा गरेका छन् भन्दा फरक पर्दैन । अहिलेसम्म सञ्चालनमा रहेका कम्पनीमध्ये ७५ वटा कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गरेको भेटिएको छ । लाभांश घोषणा गर्नेमा १४ वटा वाणिज्य बैंकसहित बीमा कम्पनी, जलविद्युत कम्पनी, म्यूचुअल फण्ड लगायत रहेको देखिन्छ । लाभांश घोषणा गरेका कम्पनीले यो वर्ष बोनसमा भन्दा नगदलाई बढी प्राथमिकता दिएका छन् । यो वर्ष बैंक, बीमा कम्पनी, जलविद्युत कम्पनीले बोनस भन्दा नगदमा जोड दिएको देखिन्छ ।
अहिलेसम्म लाभांश घोषणा गर्ने कम्पनीमा वाणिज्य बैंक १५, ४ वटा विकास बैंक, ८ वटा जलविद्युत कम्पनी, ४ वटा जीवन बीमा कम्पनी, ३ वटा माइक्रोफाइनान्स, ७ वटा निर्जीबन बीमा कम्पनी तथा २ दर्जन बढी म्युचुअल फण्ड लगायतका कम्पनीले लाभांश घोषणा गरेका छन् । भन्दा फरक पर्दैन ।

२७ वाणिज्य बैंक मध्ये १५ को लाभाशं घोषणा
सञ्चालनमा रहेका २६ वटा बैंकमध्ये अहिलेसम्म १४ वटा बैंकले लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गर्नेमा बैंक अफ काठमाण्डूले २०.९५ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा बोनस ६ र नगद १४.९५ प्रतिशत रहेको भेटिएको छ । कुमारी बैंक लिमिटेडले १२.५ प्रतिशत नगद लाभांश दिने भएको छ भने सिटिजन्सले सेयरधनीलाई ९ प्रतिशत नगद लाभांश दिने भएको छ । यस्तै एनसीसी बैंकले ११ प्रतिशत लाभांश घोषणा गरेकोमा ३.३६ प्रतिशत बोनस र ७.६३ प्रतिशत नगद लाभांश रहेको देखिन्छ । यी बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट सेयरधनीहरुलाई उक्त लाभांश दिने प्रस्ताव गरेका हुन् । यसमध्ये कुमारी, सिटिजन्स र एनसीसी बैंकलले सभा गरेर लाभांश दिइसकेको देखिन्छ ।

सेञ्चुरी कर्मशियल बैंकले ५ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा बोनस ४.७५, नगद ०.२५, नेपाल एसबीआई बैंकले १०.५३ प्रतिशत लाभांश घोषणा गरेकामा बोनस ७ र नगद ७.५३ प्रतिशत, प्रभु बैंकले ८ प्रतिशत लाभांश घोषणा गरेकामा बोनस ६.५, नगद १.५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकले ११ प्रतिशत लाभांश घोषणा गरेकामा बोनस ४ र नगद ७ प्रतिशत रहेको भेटिएको छ । सिद्धार्थ बैंक लिमिटेडले पनि लाभाशं हालै घोषणा गरेको छ । मेगा बैंकले ७.७९ प्रतिशत लाभांश घोषणा गरेकामा ४ प्रतिशत बोनस र ३.७९ प्रतिशत नगद, एभरेष्ट बैंकले २०.६८ प्रतिशत लाभांश घोषणा गरेकामा बोनस १३ र ७.६८ प्रतिशत नगद, स्टयान्डर्ड चार्टर्ड बैंकको नगद मात्रै १६.५१ प्रतिशत, ग्लोबल आइएमई बैंकले १३.६ प्रतिशत लाभांश घोषणा गरेकामा बोनस ३ प्रतिशत बोनस र १०.६ प्रतिशत नगद तथा सानिमा बैंकले १०.९८ प्रतिशत लाभांश घोषणा गरेको देखिन्छ । जसमा बोनस १० र नगद ०.९८ प्रतिशत रहेको छ । एनएमबि बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट ८.२५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

गरिमा सहित ४ विकास बैंकको लाभाशं घोषणा
अहिलेसम्म ४ वटा विकास बैंकले लाभांश घोषणा गरेका छन् । जसमा मितेरी डेभलपमेन्ट बैंकले १३ प्रतिशत, लुम्बिनी विकास बैंक १२, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक १४, गरिमा विकास बैंकले १४.५ प्रतिशत लाभांश घोषणा गरेको देखिन्छ ।

८ वटा जलविद्युत कम्पनीले गरे लाभाशं घोषणा
अहिलेसम्म ८ वटा जलविद्युत कम्पनीले लाभांश घोषणा गरेका छन् । जसमा अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले ८.४२ प्रतिशत, नेपाल हाईड्रो डेभलोपर ५.०२, युनाइटेड इदी मर्दी एण्ड आरबी हाईड्रोपावर १०.५२, रिडी पावर कम्पनी ४२.१, माउन्टेन इनर्जी १०.५२, रु रु जलविद्यु्त परियोजना १०.५२, अरुण काबेली १०.५२ र सानिमा माई हाइड्रोपावरले लगानीकर्तालाई ५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले घोषणा गरेको लाभांश आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने देखिन्छ । आईसीएफसी फाइनान्सले १०, सोल्टी होटलले २६.३१, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले ५.२६, नेपाल इन्फ्रास्टक्चर बैंकले ४.२१ प्रतिशत लाभांश घोषणा गरेको देखिन्छ । यसैबीच राष्ट्र बैंकले नियमविपरित कर्जा ग्राहकबाट लिएको कर्जा फिर्ता भए नभएको विवरण २६ वाणिज्य बैंकहरुसंग माग गरेको भेटिएको छ । यदि कर्जा ब्याजदर फिर्ता नदिएको भेटिए लाभाशं वितरण रोक्का गर्ने राष्ट्र बैंकको योजना रहेको स्रोतको दाबी छ । सचेत भया ।

2200
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका