जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • घामको भरमा चल्छ वाणिज्य बैंकको कोल्टी शाखा, ग्राहक सोध्छन्, ‘ब्याट्री छैन ?’ कर्मचारी भन्छन्- ‘बिग्रेका छन्’

घामको भरमा चल्छ वाणिज्य बैंकको कोल्टी शाखा, ग्राहक सोध्छन्, ‘ब्याट्री छैन ?’ कर्मचारी भन्छन्- ‘बिग्रेका छन्’

 घाम नलागेपछि राष्ट्रिय वाणिज्य बैंकको बाजुरास्थित कोल्टी शाखाको सेवा अवरुद्ध भएको छ । आइतबार बिहानैदेखि घाम नलागेपछि बैंकको उक्त शाखामा पैसा जम्मा गर्ने (डिपोजिट), झिक्ने, खाता खोल्ने लगायतका सेवाहरु अवरुद्ध भएको हो ।

हाल बैंकको उक्त शाखामा सौर्य उर्जाबाट बत्ती जोडिएको छ । तर, जडान गरिएका ब्याट्री बिग्रेका कारण चार्ज नटिक्ने बैंकको उक्त शाखाका कर्मचारीहरुको भनाई छ ।

उनीहरुका अनुसार ब्याट्रीमा चार्ज नै नटिक्ने र आइतबार बिहानैदेखि घाम नलागेपछि सोलारको ब्याट्री डाउन हुँदा सम्पूर्ण बैंकिङ सेवा अवरुद्ध भएको बैंकका एक कर्मचारीले बताएका छन् । बैंकमा सेवा लिनका लागि पुग्ने ग्राहकहरुले बैंकका कर्मचारीसँग ब्याट्री ब्याकअपका विषयमा प्रश्न गरे उनीहरुले ‘ब्याट्री छन् तर बिग्रेका छन्, चार्ज टिक्दैन’ भन्ने जवाफ दिने ग्राहकहरुको गुनासो छ ।

घाम नलाग्दा सेवा नै बन्द गर्नुपर्ने अवस्था आएपछि जेनेरेटर खरिदका लागि बैंकको केन्द्रीय कार्यालयमा पत्राचार गरिसकेको कोल्टी शाखा प्रमुख सुदामा शाहीको भनाई छ । योसँगै जेनेरेटरका लागि नगरपालिकासँग समेत सहयोग मागे पनि सहयोग नपाउँदा सेवा सञ्चालनमा समस्या हुने गरेको उनले बताएकी छिन् ।

घाम नलाग्दा सेवा अवरुद्ध भएपछि उक्त शाखामार्फत सेवा लिने बुढीनन्दासहित बाजुरामा पूर्वी उत्तरी क्षेत्रका चारवटा स्थानीय तह र हुम्ला, मुगु तथा कालिकोटका बासिन्दा मर्कामा परेका छन् । त्यसैमाथि चिसोको मौसममा टाढाटाढाबाट वृद्ध भत्ता लिनका लागि बैंकको कोल्टी शाखामा पुगेका वृद्धवृद्धाहरु झनै समस्यमा परेका छन् ।

420
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका