जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • टीभीएसले मनसुन एक्सचेन्ज मज्जा स्कीम ल्यायो, २५% डाउन पेमेन्टमै बाइक किन्न सकिने

टीभीएसले मनसुन एक्सचेन्ज मज्जा स्कीम ल्यायो, २५% डाउन पेमेन्टमै बाइक किन्न सकिने

टीभीएस बाइकको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले मनसुन एक्सचेन्ज मज्जा स्कीम ल्याएको छ। कम्पनीले नगद छुट, तथा फाइनान्ससहितको एक्सचेन्ज स्कीम सार्वजनिक गरेको हो।

यो स्कीममा ग्राहकले कुनै पनि ब्रान्डको पुरानो स्कुटर तथा मोटरसाइकलसँग टीभीएसको नयाँ मोटरसाइकल तथा स्कुटर साट्न सक्नेछन्।

यो योजनामा कम्पनीले ग्राहकको पुरानो साधनमा बजारमा मूल्यमा १० हजार थप मूल्यांकन दिनेछ। नगदमा खरिद गर्न चाहने ग्राहकले मोटरसाइकलमा ८ हजार र स्कुटरमा ७ हजार छुट पाउने छन्।

त्यस्तै कम्पनीले पुरा पैसा तिरेर मोटरसाइकल किन्न नचाहने ग्राहकहरुलाई मध्यनजर गर्दै ब्याज नलाग्ने तथा कम डाउन पेमेन्ट गरेरपनि मोटरसाइकल तथा स्कुटर खरिद गर्न सकिने सुविधा उपलब्ध गराएको हो।

ग्राहकले फाइनान्स स्कीममा शून्य प्रतिशत व्याज र २५ प्रतिशतसम्मको डाउन पेमेन्ट गरेर टीभीएस दुई पाङ्ग्रे खरिद गर्न सक्नेछन्। ग्राहकले हरेक मोटरसाइकलको खरिदमा निःशुल्क हेलमेट र २ वर्षको रोड ट्याक्स भुक्तानी प्राप्त गर्नेछन्। यो योजना नेपालभर रहेको टीभीएसको आधिकारिक सोरुममा उपलब्ध कम्पनीले जनाएको छ।

1145
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?