जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • २५ लाखसम्मको अटो लोनमा बैंकहरुको लागत घट्यो

२५ लाखसम्मको अटो लोनमा बैंकहरुको लागत घट्यो

नेपाल राष्ट्र बैंकले सर्कुलर जारी गर्दै २५ लाखभन्दा माथिको अटो कर्जाको जोखिम भार १५० प्रतिशत नै हुने जनाएको छ। तर १५ लाखसम्मको अटो कर्जामा भने बैंकले १०० प्रतिशत मात्र जोखिम भार कामय गरेको छ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरेको थियो। सोही बमोजिम अहिले बैंकले सर्कुलर जारी गरेको हो।

राष्ट्र बैंकले यसअघि यसरी लिने सबै अटो कर्जामा ७५ प्रतिशतको जोखिम भारलाई १५० प्रतिशतमा बढाएको थियो। त्यसपछि यसरी गाडी खरिद गर्न लिने कर्जामा धेरै जोखिम भार वहन गर्नु पर्ने भन्दै कर्जा प्रवाह गर्न बैंकहरुले सकिरहेका थिएनन्।

तर बैंकले सर्कुलर मार्फत २५ लाखभन्दा माथिको अटो कर्जामा लाग्ने जोखिम भार पहिलेकै यथावत राखिएको र यसमा २५ लाखसम्मको अटो कर्जा लिँदा भने १०० प्रतिशत मात्र जोखिम भार लाग्ने जनाएको छ।

हायर पर्चेज कर्जाको जोखिम भारमा यसरी भएको पुनरावलोकनले गाडी खरिदका लागि कर्जा सहज हुन्छ ।

उदाहरणका लागि अहिले एक सय रुपैयाँ हायर पर्चेज कर्जा दिनु पर्दा १५० प्रतिशत जोखिमभारले गर्दा बैंकका सेयरधनीको पुँजीबाट १५ रुपैयाँ प्रयोग हुन्छ। राष्ट्र बैंकले जोखिम भार १०० मा झारेपछि सेयरधनीको पैसा १० रुपैयाँ मात्र प्रयोग गरे हुन्छ।

3450
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका